Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रियसभा बैठक : आमाको नामबाट सहजरुपमा नागरिकता दिलाउन माग


१३, असार २०८१
  • 151
    SHARES
  • राष्ट्रियसभा बैठक : आमाको नामबाट सहजरुपमा नागरिकता दिलाउन माग

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आमाको नामबाट नेपाली नागरिकता सहजरुपमा दिलाउन सरकारसँग माग गरेका छन् ।

    आमाको नामबाट नागरिकता पाउन सहज नभएको गुनासो गर्दै उनीहरुले अशं र वंशमा नारीको अधिकार हुनुपर्नेमा जोड दिएका छन् ।

    राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद गङ्गाकुमारी बेल्बासेले आमाको नामबाट नेपाली नागरिकता पाउने व्यवस्था सहज हुनुपर्ने बताउनुभयो ।

    सांसद तारामान सुनुवारले समाजिक सुरक्षालगायत अन्य सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्रको व्यवस्थाका कारण नागरिकले झन्झट व्यहोर्नुपरेको बताउनुभयो ।

    सांसद तुलसाकुमारी दाहालले जनकपुरस्थित जानकी वृद्धाश्रमलाई सरकारले सहयोग नगर्दा स्वास्थ्योपचार गर्न वृद्धवृद्धालाई असहज भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद भगवती न्यौपाने काठमाडौँमा ट्राफिक बत्ती जडान भएपनि राम्रोसँग काम नगरेको भन्दै सो व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

    सांसद मायाप्रसाद शर्माले बाढी, पहिरोबाट घाइते भएकाको समयमै उद्धार गर्नुपर्ने तथा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न आवश्यक कदम चाल्न सरकारसँग माग गर्नुभयो ।

    सांसद शारदादेवी भट्ट र सुमित्रा बिसीले वर्षायामको सुरुसँगै जनधनको क्षति भएको भन्दै पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो । 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend