Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमालेबाट पुनः माओवादीमा फर्किएका चन्द्रबहादुर केन्द्रीय सदस्यमा बढुवा


१३, असार २०८१
  • 164
    SHARES
  • एमालेबाट पुनः माओवादीमा फर्किएका चन्द्रबहादुर केन्द्रीय सदस्यमा बढुवा

    काठमाडौँ । नेकपा केन्द्रले वैकल्पिक केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का (अर्घाखाँची) लाई पूर्ण केन्द्रीय सदस्यमा पदोन्नति गरेको छ ।

    बुधवार बसेको केन्द्रीय कार्यालय बैठकको निर्णयअनुसार खड्कालाई केन्द्रीय सदस्यमा बढुवा गरिएको हो । यसअघि माघ २६ र २७ गते बसेको माओवादीको स्थायी  समिति बैठकले खड्कालाई वैकल्पिक केन्द्रीय सदस्य बनाएको थियो ।

    तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा विघटन भएपछि रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहसँगै उनी एमालेमा बसेका थिए । पार्टीमा फर्किन गरेको आग्रह नमानेपछि माओवादीले २०७८ वैशाख १० गते खड्कालाई कारबाही गरेका थियो ।

    कारबाहीसँगै उनले राष्ट्रिय सभा सदस्य पद समेत गुमाएका थिए । उनी रायमाझी निकट नेता हुन् । भुटानी शरणार्थी काण्डमा रायमाझी जेल परेपछि खड्का गत १ गते माघमा माओवादी फर्किएका थिए । माओवादीमा रहँदा खड्का अर्घाखाँचीका इन्चार्ज समेत रहेका थिए ।  

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend