Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विनियोजन विधेयक, २०८१ राष्ट्रियसभामा प्रस्तुत


१३, असार २०८१
  • 228
    SHARES
  • विनियोजन विधेयक, २०८१ राष्ट्रियसभामा प्रस्तुत

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८१’ राष्ट्रियसभा समक्ष प्रस्तुत गर्नुभएको छ ।

    आज बसेको राष्ट्रियसभाको बैठकमा मन्त्री पुनले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्नेसम्बन्धी अधिकार दिन र सो रकम विनियोजन गर्न बाच्छनीय भएकाले प्रस्तुत विधेयक पेस गर्नुपरेको मन्त्री पुनले बताउनुभयो ।

    “प्रस्तुत विधेयकले सङ्घीय सञ्चिती कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा र कार्यको निम्ति विनियोजन गर्न सक्ने व्यवस्था छ,” उहाँले भन्नुभयो, “राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्दछु ।”

    यसैगरी राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेवुल गर्नुभएको थियो ।

    बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराइएको थियो ।

    स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप यादव अमेरिकाको भ्रमणमा रहनुभएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहलाई तोकिएको राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिनुभयो । 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend