Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आर्थिक कूटनीति सरकारको प्राथमिकता: उपप्रधानमन्त्री श्रेष्ठ


१४, असार २०८१
  • 116
    SHARES
  • आर्थिक कूटनीति सरकारको प्राथमिकता: उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीति सरकारको प्राथमिकता रहेको बताएका छन्।

    विदेशस्थित नेपाली राजदूत एवम् नियोग प्रमुखहरुलाई भर्चुअल माध्यमबाट बिहीबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले निर्यात विस्तार, पर्यटन प्रवर्द्धन तथा वैदेशिक रोजगारी व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न नेपाली राजदूतहरुलाई निर्देशन समेत दिए।

    सरकारले आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको पेशागत हकहित एवम् सुरक्षामा संवेदनशील भई काम गर्न विदेशस्थित नेपाली राजदूतको ध्यानाकर्षण गराए।

    वैदेशिक लगानी प्रतिबद्धता र प्राप्ति तथा वैदेशिक सहायता प्रतिबद्धता र प्राप्तिमा खाडल रहेको उल्लेख गर्दै उनले प्रतिबद्धताअनुसार लगानी र सहयोग प्राप्त गर्न विदेशस्थित कूटनीतिक नियोगहरु प्रभावकारी रुपमा परिचालित हुनुपर्नेमा उनको जोड थियो ।

    सरकारले गत वैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनको स्मरण गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने,’सम्मेलनमा सहभागी लगानीकर्ताहरुसँग सम्पर्क बढाउने र नेपालमा भएका लगानीका सम्भावनाहरुलाई थप उजागर गर्न विदेशस्थित कूटनीतिक नियोगहरुले निरन्तर लाग्नुपर्ने हुन्छ ।’

    मुलुकको आर्थिक-सामाजिक विकास गरी समृद्धि र विकास गर्ने सरकारको उद्देश्यअनुरुप पराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धको सञ्चालन भएको अवस्थाबारे पनि उनले स्पष्ट पारे ।

    विदेशमा रहेका राजदूतावासका लागि सरकारले आफ्नो क्षमताअनुसार लगानी गरेको बताउँदै उनले भने,’नेपालका निर्यातयोग्य वस्तुहरुको अन्तर्राष्ट्रिय बजार पहिचान गर्न, सम्भाव्य लगानीकर्तालाई नेपालमा बढीभन्दा बढी लगानी गर्न अभिप्रेरित गर्दै नेपाललाई आकर्षक लगानी गन्तव्यका रुपमा स्थापित गर्न तथा प्राथमिक पर्यटन गन्तव्यका रुपमा विश्वमा नेपालको प्रचार र प्रवर्द्धन गर्ने कार्यमा सक्रिय रहन म यहाँहरुलाई आग्रह गर्दछु ।’

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend