Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

साउनदेखि मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गरिने


१४, असार २०८१
  • 121
    SHARES
  • साउनदेखि मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गरिने

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले साउनदेखि लागू हुने गरी मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गरिने बताएका छन् ।

    शुक्रबार नीलकण्ठ नगरपालिका धादिङले आयोजना गरेको ‘युवा सीप तालिम तथा रोजगार मेला’ को उद्घाटन गर्दै मन्त्री अर्यालले सीपमूलक कार्यक्रममा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

    वैदेशिक रोजगारी जाने होस वा आन्तरिक रोजगारीमा रहने श्रमिकका लागि सीप अपरिहार्य रहेको मन्त्री अर्यालले बताए । सीप भएको श्रमिकले राम्रो आम्दानी गर्न सक्छ । सम्भावित दुर्घटनाबाट बच्न सक्छ ।

    बाध्यकारी वैदेशिक रोजगारीमा रहँदा पनि आफ्ना सपनाहरू पुरा गर्न सक्छ,’ उनले भने । त्यसैले सीपमूलक कार्यक्रममा ठुलो लगानी गर्नुपर्ने उनले बताए ।

    मन्त्री अर्यालले श्रम मन्त्रालयले आन्तरिक रोजगारीलाई प्रवर्द्धन र व्यवस्थित गर्न मन्त्रालयले रोजगार बैंकको वृहत् अवधारणालाई अघि सारेको बताए । बैंकमा वैदेशिक रोजगारीबाट फर्के सबै श्रमिकको तथ्याङ्क संकलन गरिने उनले बताए ।

    मन्त्री अर्यालले नीलकण्ठ नगरपालिकाले आयोजना गरेको रोजगार मेलाले संविधानले व्यवस्था गरेको संघीयताको बल्ल उचित कार्यान्वयन भएको समेत बताए । 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend