Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

किशुनजीको बहुआयामिक व्यक्तित्व सबैका लागि उदाहरणीय : स्वामी आनन्द अरुण


१६, असार २०८१
  • 141
    SHARES
  • किशुनजीको बहुआयामिक व्यक्तित्व सबैका लागि उदाहरणीय : स्वामी आनन्द अरुण

    काठमाडौं । पूर्व प्रधानमन्त्री, प्रजातान्त्रिक आन्दोलनका महानायक, नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको जन्म शताब्दी वर्षको पावन अवसरमा सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रले राजधानीमा विशेष प्रवचन कार्यक्रम आयोजना गरेको छ ।

    कार्यक्रममा भट्टराईको जीवन र व्यक्तित्वमाथि उनका अत्यन्त निकट आध्यात्मिक गुरु बोधिसत्व स्वामी आनन्द अरुणले विविध कोणबाट प्रकाश पार्नुभयो ।

    उहाँले २०४८ सालको आम निर्वाचनमा कृष्णप्रसाद भट्टराईको पराजय नेपाल र नेपालीकै लागि ठूलो दुर्भाग्य भएको बताउनुभयो । भट्टराईको अस्वभाविक पराजयका कारण सिंगो मुलुक शोकाकूल भएको स्मरण पनि स्वामी आनन्द अरुणले गर्नुभयो ।

    कृष्णप्रसाद भट्टराई जस्तो विश्वकै सम्मानित नेता निर्वाचनमा पटक पटक पराजित हुनु आश्चर्य भएको उहाँको टिप्पणी थियो । राजनीतिक स्पष्टता, निष्ठा, योगदान, आदर्श र समग्र चरित्रको आधारमा हेर्ने हो भने भट्टराई भारतका महात्मा गान्धी भन्दा पनि उच्च स्तरको नेता भएको टिप्पणी उहाँले गर्नुभयो ।

    ‘भट्टराईको बहुआयामीक व्यक्तित्व सबैका लागि उदाहरणीय थियो’ उहाँले भन्नुभयो । हिंस्रक क्रान्तिको सधैं विपक्षमा उभिएका भट्टराईले पाएको जस्तो सम्मान अन्य कमैले पाएको उहाँको विश्लेषण थियो ।

    शक्तिको आडमा कोही कसैले राज्यकोष दोहोन गर्न नहुने पाठ भट्टराईबाट सिक्नुपर्ने दृष्टान्तहरू उहाँले सुनाउनुभयो । स्वयं राजाले कांग्रेसबाट अलग गराउन नसकेको भट्टराईले पार्टीमा रहन नसक्ने गरी आफैले राजीनामा दिने अवस्था सिर्जना हुनु अत्यन्त दुःखद भएको उहाँले बताउनुभयो ।

    वार्ताबाटै माओवादी द्धन्द्ध अन्त्य गर्ने दिशामा केन्द्रीत रहेएका भट्टराईलाई पार्टीकै नेतृत्वले प्रधानमन्त्रीबाट राजीनामा गर्न लगाएर गैरराजनीतिक काम गरेको दाबी उहाँले गर्नुभयो ।

    पदलोलुपताबाट भट्टराई सधै टाढा रहेको चर्चा गर्दै उहाँले ‘निर्वाण’ नै उनको जीवनको एकमात्र लक्ष्य भएको बताउनुभयो । भट्टराईका महान् वाणीहरू प्रत्येक नेपालीका घर घरमा टासिनु पर्ने भन्दै उहाँले मुलुकलाई अहिलेको असहज परिस्थितिबाट निकास दिन अर्को भट्टराई’ आवश्यक भएको बताउनुभयो ।

    चावहिल स्थित स्मार्ट प्यालेसको सभा हलमा भएको भव्य कार्यक्रममा केन्द्रका अध्यक्ष एवं नेपाली कांग्रेसका नेता लोकेश ढकालले भट्टराई जस्ता आदर्श व्यक्तिको सानिध्य पाउनु आफ्नो लागि गर्वको विषय भएको बताउनुभयो ।

    भट्टराई जस्ता अलौकिक नेताको आदर्शबाट विमूख भएकाले कांग्रेस र मुलुक दयनीय अवस्थामा पुगेको उहाँले बताउनुभयो । कार्यक्रममा राजनीति, कुटनीति, सञ्चार, मानवअधिकार, समाजसेवा लगायतका विविध क्षेत्रका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति थियो ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend