Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गिरिजाप्रसादको शताब्दी जन्मजयन्तीमा बहस र फोटो प्रदर्शनी गर्ने काँग्रेसको तयारी


१६, असार २०८१
  • 171
    SHARES
  • गिरिजाप्रसादको शताब्दी जन्मजयन्तीमा बहस र फोटो प्रदर्शनी गर्ने काँग्रेसको तयारी

    काठमाडौँ । नेपाली काँग्रेसले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा बहस र फोटो प्रदर्शनी गर्ने भएको छ ।

    १८ असारमा पूर्वप्रधानमन्त्री समेत रहेका कोइरालाको शताब्दी जन्मजयन्ती मनाउने गरी फरक–फरक सेसनका कार्यक्रम तय गरिएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार हुने जन्मजयन्ती कार्यक्रमको पहिलो सेसन फोटो प्रदर्शनी राखिएको छ । प्रदर्शनीमा रहने सबै फोटो कोइरालासँग सम्बन्धित हुनेछन् । १५१ भन्दा बढी फोटो प्रदर्शनीमा राखिने प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी गराए । कोइरालालाई विमर्शको केन्द्रमा राखेर तीन शीर्षकमा बहससमेत हुने भएको छ ।

    ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक बहसमा वक्ताका रूपमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका नेता प्रदीप ज्ञवाली वक्ताका रूपमा रहने छन् । उक्त बहसको सहजीकरण राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले गर्नेछन् ।

    बहसको दोस्रो विषय ‘समुन्नतिको दोस्रो जग’ राखिएको छ । उक्त बहसमा लेखक हरि शर्मा, अच्युत वाग्ले र मञ्चला झाले धारणा राख्नेछन् । समुन्नतिको दोस्रो जग विषयक बहसको सहजीकरण अर्थविद् विश्व पौडेलले गर्नेछन् ।

    जन्मजयन्तीमा नौलो कार्यक्रमका रूपमा फोटो पत्रकारलाई पनि वक्ताका रूपमा राखेर बहस गर्न लागिएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । ‘फोटो पत्रकारिता : जोखिम र अनुभव’ शीर्षकको छलफलमा फोटो पत्रकारहरू चन्द्रशेखर कार्की, गोपाल चित्रकार, विकास रौनियार र प्रकाश माथेमा वक्ता हुनेछन् ।

    फोटो पत्रकारसँगको संवादलाई पत्रकार सुधीर शर्माले सञ्चालन गर्ने भएका छन् । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत पूर्वप्रधानमन्त्रीहरूलाई आमन्त्रण गरिएको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend