Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री दाहाल चरम दबाबमा, ओलीले देउवासँग सहकार्यको हात अघि बढाए


१७, असार २०८१
  • 236
    SHARES
  • प्रधानमन्त्री दाहाल चरम दबाबमा, ओलीले देउवासँग सहकार्यको हात अघि बढाए

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल यतिबेला चरम दबाबमा परेका छन् ।

    सत्ता गठबन्धनको मुख्य चाबी हातमा लिएर बसेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकार्य तोड्ने मन बनाएपछि प्रधानमन्त्री दाहाल आँत्तिएका हुन् ।

    यद्धपी प्रधानमन्त्री दाहालको सचिवालयले भने कुनैपनि हालतमा सत्ता गठबन्धन नभत्किने दाबी गरेको छ । प्रधानमन्त्री दाहालकी स्वकिय सचिव गंगा दाहालले यही गठबन्धन कायम रहने दाबी गरेकी छिन् ।

    एमाले अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पछिल्लो तीन दिन लगातार गोप्य भेटवार्ता गरेपछि बालुवाटारमा तरंग पैदा भएको छ ।

    हिजो र आज गरेर प्रधानमन्त्री दाहालले ओलीसँग घण्टौं लामो छलफल गरेका छन् । आज बिहान सबेरैदेखि छलफलमा जुटेका दाहाल र ओलीबीच झण्डै तीन घण्टा कुराकानी भएको बताईएको छ ।

    सो छलफलमा ओलीले आफूले कांग्रेससँग सहकार्यको थालनी गर्न लागेको पूर्व जानकारी दिएको बताईएको छ । यद्धपी प्रधानमन्त्री दाहालको सचिवालयले भने उक्त दाबीको खण्डन गरेको छ ।

    आजै कांग्रेस सभापति देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सो बैठकमा एमालेसँग भएको पछिल्लो समझदारीको विषयमा सभापति देउवाले ब्रिफिङ गर्ने बुझिएको छ । देउवा र ओलीबीच सहकार्यको गृहकार्य भएपछि प्रधानमन्त्री दाहाल भने चरम दबाबमा परेका छन् ।

    दाहालले कांग्रेस नेतृत्वसमक्ष सत्ता–सहकार्यको लागि नयाँ प्रस्ताव गरेको पनि चर्चा चलेको छ । दाहालको प्रस्ताव देउवाले लत्याईदिएको र अब एमालेसँगको सहकार्य नै अघि बढ्ने देउवाको जवाफ थियो । आजै प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । गठबन्धनको बैठक बस्ने समयमा नै देउवाले पनि पदाधिकारी बैठक डाकेका छन् ।

    उता, एमालेले पनि सत्ता गठबन्धनको बैठक बहिष्कार गर्ने तयारी गरेको बुझिएको छ । बरु, त्यही समयमा सत्ता गठबन्धनमा रहेका जनमत र गठबन्धन बाहिर रहेको लोसपाका नेताहरुसँग ओलीले छलफल गर्ने बुझिएको छ ।

    देउवाले अब बन्ने सरकारको नेतृत्व गर्न ओलीलाई प्रस्ताव गरेका छन् । आफू प्रधानमन्त्री बन्ने अवस्था भए ओलीले दुई तिहाई बहुमतको सरकारको नेतृत्व गर्ने चाहना राखेका छन् ।

    अहिले कांग्रेस र एमाले मिल्दा १६६ सांसद संख्या पुग्छ । संसद् दुई तिहाईको लागि १८३ चाहिन्छ । राप्रपा, लोसपा र जनमत पार्टी मिल्नेबित्तिकै दुई तिहाई पुग्छ । अहिले कांग्रेस र एमालेबीच संविधान संशोधनको लागि दुई तिहाई पुर्याउने गरी छलफल चलेको हो ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend