Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमालेका मन्त्रीहरुले राजीनामा दिनुअघि आजै बर्खास्त गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी


१८, असार २०८१
  • 210
    SHARES
  • एमालेका मन्त्रीहरुले राजीनामा दिनुअघि आजै बर्खास्त गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेका मन्त्रीहरुलाई बर्खास्त गर्ने भएका छन् ।

    नेपाली कांग्रेसको मुख्यालय सानेपामा आयोजित एक कार्यक्रममा पुगेर सिधै सिंहदरबार आएका प्रधानमन्त्री दाहालले एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई बर्खास्त गर्न लागेको उच्च स्रोतको दाबी छ ।

    एमालेले नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठनको लागि सहमति गरेपछि प्रधानमन्त्री दाहालले कांग्रेस नेतृत्वसँग सत्ता–सहकार्यकेन्द्रित छलफल चलाएका छन् ।

    प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई नै तत्काल सरकारको नेतृत्व लिन भनेका छन् । देउवाले सरकारको नेतृत्व गर्ने शर्तमा मात्रै आफूले राजीनामा दिने कुरा उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्षपनि कुरा राखेको बुझिएको छ ।

    तर, एमाले र कांग्रेसका दुवै दलका शीर्ष नेताहरु भने दुई दलबीच सोमबार भएको सहमति शतप्रतिशत कार्यान्वयन हुने र आज÷भोलिभित्रै नयाँ सरकार गठन हुनेमा विश्वस्त छन् ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend