काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्न थालेपछि रातारात सत्ता समीकरणमा उलटफेर आएको टिप्पणी गरेका छन् ।
आज (मंगलबार) सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भ्रष्टाचारका ठूला फाइल खुल्न थालेपछि सत्ता समीकरण एक रात पनि टिक्न नसकेको बताएका हुन् ।