Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमालेले समर्थन फिर्ता लिनेबित्तिकै विश्वासको मत लिने प्रधानमन्त्री दाहालको तयारी


१९, असार २०८१
  • 127
    SHARES
  • एमालेले समर्थन फिर्ता लिनेबित्तिकै विश्वासको मत लिने प्रधानमन्त्री दाहालको तयारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबित्तिकै संसद् फेश गर्ने भएका छन् ।

    सरकारमै रहेको एमालेले नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने समझदारी गरेको कुरा बाहिर आएको छ । यद्धपी कांग्रेस र एमाले दुवै दलले अहिलेम्म उक्त सहमतिपत्र सार्वजनिक गरेका छैनन् ।

    एमालेले कांग्रेससँग भएको सहमति पार्टीको सचिवालय बैठकमार्फत अनुमोदन गरेको छ । सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई मार्गप्रशस्त गर्न भनेको छ ।

    प्रधानमन्त्री दाहालले आफूनिकट नेताहरुसँग आज बिहान बालुवाटारमा गरेको छलफलमा एमालेले आफूलाई मार्गप्रशस्त गर्न भनेको भएपनि अहिलेसम्म सरकारमै बसेकोमा प्रश्न उठाएका छन् ।

    उनले एमालेले मन्त्रीहरु फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिएमा आफू सदन फेश गर्न तयार रहेको सन्देश बालकोटलाई दिएका छन् । प्रधानमन्त्री दाहालले संसद् फेश गर्छु भन्ने उनको संवैधानिक हक भएको संविधानविद्हरुले पनि बताएका छन् ।

    यद्धपी प्रधानमन्त्री दाहालले आफूले संसद् फेश गर्छु भनेर ३० दिन सत्ता लम्ब्याउन नचाहेको पनि आफूनिकट नेताहरुसँग ब्रिफिङ गरेका छन् ।

    उनले एमालेले समर्थन फिर्ता लिनेबित्तिकै सदन फेश गर्ने र विश्वासको मत नपाउनेबित्तिकै स्वतः पदमुक्त हुने कुरा स्पष्टसँग नेताहरुसमक्ष राखेका छन् । बालुवाटारको आजको छलफलमा अर्थमन्त्रीसमेत रहेका नेता वर्षमान पुन, महान्यायाधिवक्ता डा.दीनमणि पोखरेललगायत थिए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend