Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मुकुलले मुखमा टेप टाँसेपछि सहमहामन्त्रीले पेश गरे समीक्षा प्रतिवेदन


१९, असार २०८१
  • 140
    SHARES
  • मुकुलले मुखमा टेप टाँसेपछि सहमहामन्त्रीले पेश गरे समीक्षा प्रतिवेदन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकमा पेश गरेका छन् ।

    बैठक प्रत्यक्ष प्रसारण नगर्ने भए आफू नबोल्ने भन्दै महामन्त्री ढकालले मुखमा टेप टाँसेका थिए । सभापति रवि लामिछानेले प्रत्यक्ष प्रसारण गर्न समस्या नभएको तर अन्यको प्रतिक्रिया बुझेको बताएका थिए ।

    सहप्रवक्ता मनिष झाले बैठकमा सहभागी सबैजसोले प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावलाई अस्विकृत गरेको जानकारी गराए । प्रत्यक्ष प्रसारण गर्न नदिने हो भने अभिव्यक्ति स्वतन्त्रता हनन भएको उल्लेख गर्दै महामन्त्री ढकालले ‘म बोल्दिनँ’ भनेको उनले सुनाए ।

    ‘३३ पेज लामो प्रतिवेदन सहमहामन्त्रीले पढेर सुनाउनुभयो,’ सहप्रवक्ता झाले भने, ‘यसमा छलफल लञ्च ब्रेक पछि हुन्छ ।’ समीक्षा प्रतिवेदन माथि धारणा राख्न केन्द्रीय सदस्यहरुलाई ५–५ मिनेट समय दिइएको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend