Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मुकुललाई हटाएर सन्तोषलाई महामन्त्री बनाउन रास्वपा बैठकमा केन्द्रीय सदस्यको माग


१९, असार २०८१
  • 142
    SHARES
  • मुकुललाई हटाएर सन्तोषलाई महामन्त्री बनाउन रास्वपा बैठकमा केन्द्रीय सदस्यको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक जारी छ ।

    आज बुधबार बिहान ८ बजेदेखि सुरु बैठकको अधिकांश समय महामन्त्री मुलुक ढकालको पछिल्ला गतिविधि र उनले तयार पारेको प्रतिवेदनमाथि छलफल भईरहेको छ ।

    महामन्त्रीका पछिल्ला गतिविधि, अभिव्यक्ति र प्रतिवेदनलाई लिएर अधिकांश सदस्य असन्तुष्ट छन् । बैठकको प्रत्यक्ष प्रशारण गर्नुपर्ने ढकालको प्रस्ताव अन्य पदाधिकारी र बहुसंख्यक केन्द्रीय सदस्यले अस्वीकृत गरिदिए ।

    त्यसपछि प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्ताव पेस गर्न खोजेका ढकाललाई स्वयम् सभापति रवि लामिछानेले रोके ।

    उनको प्रस्ताव वाचन गर्ने जिम्मा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले पाएका थिए । उनले प्रस्ताव वाचन गरेपछि खाना विश्राम गरिएको थियो । अहिले बैठक फेरि सुरु भएको छ ।

    जारी बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले महामन्त्री ढकालले गलत समयमा प्रतिवेदन सार्वजनिक गरेको भन्दै उनलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

    उनीहरुले ढकाललाई हटाएर प्रमुख सचेतक सन्तोष परियालाई जिम्मा दिनुपर्ने धारणा राखेका छन् । यद्यपी निर्णय भएको छैन् ।

    यता खाना खाइसकेर बैठकको अपडेट गराउन निस्केका सहप्रवक्ता मनिष झालाई सञ्चारकर्मीले पनि सोही कुरा सोधेका थिए । ‘महामन्त्री ढकाललाई पार्टीले कारबाही गर्न लागेको हो ?’ भन्ने प्रश्नमा झाले अहिले नै यसै भन्न नसकिने जवाफ दिएका थिए ।

    त्यसपछि झालाई, ‘मुकुल ढकाललाई महामन्त्रीबाट हटाएर सन्तोष परियारलाई महामन्त्री र प्रमुख सचेतकमा सोबिता गौतमलाई नियुक्त गर्न लागिएको हो ?’ भन्दै सञ्चारकर्मीले प्रश्न गरेका थिए ।

    जवाफमा झाले पहिलेजस्तै यस विषय पनि आफूलाई जानकारी नभएको बताए । ‘अहिलेसम्म कसलाई के बनाउने भनेर छलफल नै भएको छैन’, उनले भने, ‘पछि को हुन्छ, के हुन्छ अहिले भन्न सकिएन, बैठक चलिरहेको छ ।’

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend