Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्थका उपसचिव मैनालीमाथि सतर्कता केन्द्रको छानबिन


२१, असार २०८१
  • 195
    SHARES
  • अर्थका उपसचिव मैनालीमाथि सतर्कता केन्द्रको छानबिन

    काठमाडौँ । अर्थ मन्त्रालयका उपसचिव रामप्रसाद मैनालीले विदेशको पिआर लिएको भन्ने विषयमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन सुरू गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उजुरीसहित पत्राचार गरेपछि सतर्कता केन्द्रले छानबिन थालेको हो ।

    प्रधानमन्त्री कार्यालयको निर्देशनात्मक पत्रपछि छानबिन थालेको सतर्कता केन्द्रले जनाएको छ । सतर्कता केन्द्रले यसबारे परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।

    मैनाली सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक(राजश्व)का रूपमा कार्यरत छन् । छानबिन गरेको भन्ने औपचारिक जानकारी नभएको उनले जानकारी दिए ।

    ‘मैले बेलायतबाट विद्यावारिधी गर्ने क्रममा पिआर लिएको थिए । पछि कर्मचारीले लिन नपाउने भएपछि त्याग गरेको हुँ,’ प्रशासनको जिज्ञासामा उनले भने, ‘छानबिन हुन लागेको भए सम्बन्धित निकायमा प्रमाण पेस गरौँला ।’

    उनी अहिले पनि विदेश भ्रमणमा रहेको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले जनाएको छ । ‘हाजिर भएको एक/दुई दिनमै उहाँ गई हाल्नुभयो । उहाँ विदेश हुनुहुन्छ,’ केन्द्र स्रोतले भन्यो, ‘२० दिनको लागि भनेर जानुभएको छ ।’

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend