Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नयाँ सरकार बन्नासाथ कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति सार्वजनिक हुन्छ : सचेतक लेखक


२८, असार २०८१
  • 317
    SHARES
  • नयाँ सरकार बन्नासाथ कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति सार्वजनिक हुन्छ : सचेतक लेखक

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नयाँ सरकार बनाउने गरि नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक हुने बताएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दुई दलबीच नयाँ सरकार बनाउन भएको सहमति छिट्टै सार्वजनिक गर्ने बताएका हुन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन प्रस्ताव पेस गरेको प्रतिनिधि सभाको बैठकको छलफलमा भाग लिँदै लेखकले सहमति छिट्टै सार्वजनिक हुने बताएका हुन् ।

    दुई दलबीच भएको सहमति सार्वजनिक भएनन् भनेर धेरै विषय उठे, ’ लेखकले भने, ‘यो सहमति किन प्रकाशन भएन भन्ने छ हामी यो चाँडै प्रकाशित र गरेर राष्ट्र जनतामा समर्पित गर्छौ ।’

    प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने प्रक्रिया पूरा गरेपछि आजै दुई दलबीच भएको सहमति सार्वजनिक गर्ने र प्रधानमन्त्रीमा दाबेदारी दिने दुई दलको तयारी छ ।

    राजनीतिक स्थिरताको लागि एमालेसँग मिलेर सरकार गठन गर्न लागेको भन्दै उनले यसलाई अस्वाभाविक रुपमा नलिन आग्रह गरे । लेखकले एमाले अध्यक्ष केपी ओली संविधानको धारा ७६(२) प्रधानमन्त्री बन्ने बताए ।

    गत असार १७ गते कांग्रेस र एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गरेर नयाँ सरकार गठन गर्ने सहमति गरेका थिए ।

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend