Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जनधनको क्षतिप्रति गृहद्वारा दुःख व्यक्त, सबै क्षेत्रबाट सहयोग र सतर्कताको अपेक्षा


२८, असार २०८१
  • 150
    SHARES
  • जनधनको क्षतिप्रति गृहद्वारा दुःख व्यक्त, सबै क्षेत्रबाट सहयोग र सतर्कताको अपेक्षा

    काठमाडौँ । नारायणगढ-मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा गएको पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र तिनमा सवार यात्रुको खोजी कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।

    खोजी र उद्धारका लागि ५ सय भन्दा बढी सुरक्षाकर्मीहरू र २८ जना गोताखोर परिचालन गरिएको मन्त्रालयले जनाएको छ । शुक्रवार बिहान गृह सचिव एकनारायण अर्यालको नेतृत्वमा गृह मन्त्रालयका पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू र यातायात व्यवसायी महासङ्घका प्रतिनिधिहरूसमेतको उपस्थितिमा मन्त्रालयमा बसेको बैठकले बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाई निरन्तरता दिने निर्णय गरेको छ ।

    वर्षातको समयमा हुनसक्ने जनधनको क्षति र सवारी दुर्घटना रोक्न जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आवधिक बुलेटिन अनुसार उच्च जोखिम तथा मध्यम जोखिम क्षेत्रमा मानवीय सुरक्षालाई केन्द्रमा राखी आवश्यक कार्य गर्ने, उच्च जोखिम क्षेत्रमा अवस्था विश्लेषण गरी रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने लगायतका आवश्यक पूर्व सावधानीका काम गर्ने निर्णय बैठकले गरेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

    राजमार्गका पहिरो तथा डुबान सम्भावित क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिन्ह राख्ने, राजमार्गमा खटिने सुरक्षाकर्मीहरूले सडकको अवस्था सम्बन्धी सूचना प्रवाह गर्ने र सो को आधारमा मात्र सवारीसाधन सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता भट्टराईको भनाई छ ।

    यसका साथै यातायात व्यवसायीहरूले यात्रुहरूको पूरा विवरणसहितको यात्रु टिकट अनिवार्य रूपमा जारी गर्ने, सडक इजाजत पत्र जारी नभएका सडकमा दुर्घटनाको जोखिम हुने गरी पटके सडक इजाजत जारी नगर्ने र ट्राफिक प्रहरीले यसको अनुगमन गर्ने, यात्रुहरूलाई ठगी गर्ने व्यक्तिहरूलाई स्थानीय प्रशासनले अनुगमन गरी कालोबजारी ऐनबमोजिम कारबाही गर्ने कार्यलाई थप प्रभावकारी बनाउने लगायतका निर्णय भएको छ ।

    प्रवक्ता भट्टराईका अनुसार विपद्मा परेका नागरिकहरूको खोज, उद्धार तथा राहत कार्यमा समन्वय गर्न मन्त्रालयमा गठित कमाण्ड पोष्ट चौबिसै घण्टा क्रियाशील रहेको छ ।

    मन्त्रालयले देशका विभिन्न स्थानमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्बाट हुन सक्ने जनधनको क्षति रोक्न सरकारी निकायसँगै निजी क्षेत्र, सञ्चारमाध्यम, नागरिक समाज र आमनागरिकहरुको सहयोग र सतर्कताको अपेक्षा गरेको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend