Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गृहमन्त्रीबाट बाहिरिएसँगै रवि लामिछानेलाई गरियो औपचारिक बिदाई


३०, असार २०८१
  • 135
    SHARES
  • गृहमन्त्रीबाट बाहिरिएसँगै रवि लामिछानेलाई गरियो औपचारिक बिदाई

    काठमाडौं । कामचलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री लामिछानेको बिदाइ गरिएको छ ।

    नयाँ सत्ता समीकरण बनेपछि सरकार ढलेसँगै लामिछानेको गृहमन्त्री पद पनि गुमेको हो । आज मध्याह्न सिंहदरबारस्थित मन्त्रालयमा विशेष कार्यक्रम आयोजना गरी उनको बिदाई गरिएको हो ।

    कार्यक्रम गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका आइजीपी वसन्त कुँवर, सशस्त्रका आइजीपी राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सिआइबी प्रमुख श्याम ज्ञवाली, मन्त्रालयका कर्मचारीलगायत उपस्थित थिए ।

    गत फागुनमा नेकपा एमालेसहितको सत्ता गठबन्धन निर्माणपछि लामिछाने फागुन २३ गते गृहमन्त्री नियुक्त भएका थिए । गृहमन्त्री बनेर उनले जम्माजम्मी १३० दिन सिंहदरबारमा रहने मौका पाए ।

    यसअघि ०७९ सालको पुसमा छोटो समय उनी गृहमन्त्रीनै बनेका थिए । तर, सर्वोच्च अदालतले उनको नागरिकता खारेज गरेपछि करिब ३२ दिनमै गृहमन्त्री पद गुमाउनुपरेको थियो ।

    दोस्रो पटक गृहमन्त्रीको कुर्सीमा आसिन बन्न पुगेका लामिछाने यसपटक पनि सहकारी ठगीमा जोडिएपछि लामो समय बिवादमा तानिए । पोखराको सूर्यदर्शनसहितका सहकारीको रकम उनले अपचलन गरेको संघीन आरोप उनी पदमा रहँदै लागेको छ ।

    सो आरोपबारे छानबिन गर्न सरकारले नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीको नेतृत्वमा ७ सदस्यीय आयोग गठन गरेको छ । सो संसदीय विशेष छानबिन समितिले अहिले पनि आफ्नो काम गरिरहेको छ ।

    यसैबीच बिदाइ समारोहलाई सम्बोधन गर्दै लामिछानेले आफू पदमा नरहेपनि आफ्नो नजर २४ घण्टानै गृहमन्त्रालयमा हुने बताएका छन् । जाँदा जाँदै आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री लामिछानेले भने, जाँदा जाँदै म यति भन्न सक्छु ।

    देशमा परिवर्तन चाहिएको भए, यदि जे चलिरहेको छ त्यो सही भइदिएको भए, जुन संयन्त्र चलिरहेको छ त्यही नै भइदिएको भए हामीले दैनिक गाली गलोज खाएर, आलोचना सहेर, अनेक किसिमका लाञ्छना सहेर यसरी नयाँ पुस्ता आउनुपर्ने थिएन ।’

    लामिछानेले थप भने, ‘अर्थात नयाँ पुस्ताको यो आगमन व्यक्ति को हुन्छ थाहा छैन तर संयन्त्रका रूपमा राज्य संयन्त्रका रूपमा जर्वजस्त हस्तक्षेप गर्न नयाँ पुस्ताको आगमन भैसकेको छ ।’ उनले त्यसको महसुस प्रहरीलाई पनि होस् भन्दै प्रशासनलाई पनि हुनुपर्ने बताए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend