Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सिमलताल बस दुर्घटना : बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन


३०, असार २०८१
  • 153
    SHARES
  • सिमलताल बस दुर्घटना : बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । कामचलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको सिमलतालस्थित सडकबाट त्रिशूली नदीमा गाडी खसेर बेपत्ता भएका यात्रुहरूको खोजीलाई तीव्रता दिन तीनवटै सुरक्षा अंगहरूलाई निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री दाहालले निजी निवास खुमलटारमा बोलाएर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई हराइरहेका यात्रुहरूको खोजीलाई तीव्रता दिन निर्देशन दिएको दाहालको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री दाहालले सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएका थिए । उनले सबै उपायहरूको अबलम्बन गरेर हराइरहेकाहरूको खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटमा प्रधानमन्त्रीले सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्दारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेका थिए ।

    उक्त अवसरमा उनले सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेका थिए ।

    देशको राजनैतिक परिस्थिति जे-जस्तो भएता पनि स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरुपमा जनताको सेवामा लागि पर्न उनले आग्रह गरेका छन् ।

    प्रधानमन्त्री दाहाल विश्वास मत नपाएपछि शुक्रबार पदमुक्त भएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्री नियुक्त नहुन्जेल दाहाललाई नै कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend