Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छ : गृहमन्त्री लामिछाने


३०, असार २०८१
  • 133
    SHARES
  • मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छ : गृहमन्त्री लामिछाने

    काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो बारेमा कुनै विषयमा अनुसन्धान अगाडि बढाउनुपर्ने लागेमा निःकङ्कोच अनुसन्धान अघि बढाउन आग्रह गर्नुभएको छ ।

    गृह मन्त्रालयमा आज भएको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आजसम्म स्वतः प्रभावित हुनुभएको भए पनि अब मेराबारे पनि अनुसन्धान गर्नूस् । गलत गरेको भए कानुन मलाई पनि लाग्नुपर्छ ।”

    नक्कली भूटानी शरणार्थी, टीकापुर, पतञ्जली र बालमन्दिर जग्गा प्रकरणबारे जारी अनुसन्धान निष्पक्ष र प्रभावकारी रुपमा अगाडि बढोस् भन्ने आफ्नो चाहना रहेको उहाँले बताउनुभयो ।

    सरकार परिवर्तन अनौठो कुरा नभएको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले सरकार परिवर्तनको प्रभाव प्रहरी, कर्मचारी प्रशासनमा पर्न नहुने भएकोले सोको प्रभाव नपार्न गृह र सुरक्षा अधिकारीसँग आग्रह गर्नुभयो ।

    अनुसन्धान जारी रहेकाले सुनकाण्ड छानबिनको प्रतिवेदन सार्वजनिक नगरेको उहाँले जानकारी दिनुभयो । “हामीलाई लागेको होला केके नै गर्‍यौँ तर हाम्रा कामबाट नागरिक पटक्कै खुसी छैनन् ।

    नागरिक सन्तुष्ट नभएसम्म हामीले कामको प्रगति विवरण भनेर बुँदाहरु थप्दै सार्वजनिक गर्नुको के रहँदैन”, गृहमन्त्री लामिछानेले भन्नुभयो ।

    सरकार परिवर्तन हुनुको, मन्त्री आउनु र जानुको प्रभाव आमनागरिकमा पर्न नहुने भन्दै कानुनअनुसार काम गर्न मन्त्री परिवर्तनले केही फरक नपार्ने उहाँको भनाइ छ ।

    चार महिनामा धेरै काम गर्न नसकिएको बताउँदै केही आधार भने तयार भएको गृहमन्त्री लामिछानेले बताउनुभयो ।

    तयार भएको आधारलाई भत्किन नदिन सरोकार भएकालाई अनुरोध गर्दै उहाँले नयाँ मन्त्रीले पनि बनेका आधारलाई सकारात्मक रुपमा ग्रहण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend