Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सानो आकारको मन्त्रिपरिषद् आजै गठन हुँदै, को–को हुँदैछन् मन्त्री ?


३१, असार २०८१
  • 143
    SHARES
  • सानो आकारको मन्त्रिपरिषद् आजै गठन हुँदै, को–को हुँदैछन् मन्त्री ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

    बिहान ११ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै उनले सानो आकारको मन्त्रिपरिषद् आजै गठन गर्ने तयारी गरेका हुन् । 

    कांग्रेस र एमालेले आजै केही व्यक्तिलाई मन्त्रीमा पठाउनेछन् । सरकारमा क–कसलाई पठाउने भन्नेमा कांग्रेस र एमालेको शीर्ष तह आन्तरिक छलफलमा छ । 

    एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिने एमाले स्रोतले जानकारी दिएको छ ।  स्रोतका अनुसार, एमालेबाट सचिवद्वय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्दै छन् ।

    यसअघि मन्त्री बनिसकेका जुलीकुमारी महतो, पदम गिरी र दामोदर भण्डारीसहित विद्या भट्टराईलगायत मन्त्री बन्ने स्रोतको दाबी छ । यद्यपि, शपथसम्ममा प्रधानमन्त्री ओलीले केही नाम हेरफेर गर्ने सम्भावना भने रहने स्रोतको भनाइ छ । 

    नेपाली कांग्रेसको संस्थापनइतर समूहले नयाँ सरकारमा मन्त्री बन्नेको नाम टुंगो लगाइसकेको छ । यो समूहले हृदयराम थानी, रामनाथ अधिकारी, प्रदीप पौडेल र तेजुलाल चौधरीको नाम पार्टी सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गरेको स्रोतको दाबी छ । 

    कांग्रेस संस्थापन पक्षबाट प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवालगायतको नाम चर्चामा छ । 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend