Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शीतलनिवास पुग्यो २० मन्त्रीको नाम, यी हुन् टुंगो लागेका मन्त्रालय


३१, असार २०८१
  • 127
    SHARES
  • शीतलनिवास पुग्यो २० मन्त्रीको नाम, यी हुन् टुंगो लागेका मन्त्रालय

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ लिने २० जना मन्त्रीको नाम टुंगो लागेको छ । उनीहरुको नाम राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको छ ।

    नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले आ-आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरू पठाएका हुन् ।

    कांग्रेसले ९, एमालेले ८, जसपाले २, लोसपाले १ मन्त्रीको नाम पठाएका छन् । नवनियुक्त प्रधानमन्त्री ओली र मन्त्रीहरूको शपथ सोमबार नै हुनेछ ।

    कांग्रेसबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह उपप्रधान तथा सहरी विकास मन्त्री, एमालेका विष्णु पौडेल उपप्रधान तथा अर्थ, एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ सञ्चार तथा सूचना प्रविधि, कांग्रेसका रमेश लेखक गृहमन्त्री बन्ने भएका छन् ।

    यस्तै लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षाामन्त्री, कांग्रेसकी आरजु राणाा देउवा परराष्ट्र, जनता समाजवादीका प्रदीप यादव खानेपानी, एमालेका बलराम अधिकारी भूमि व्यवस्था, एमालेकै दामोदर भण्डारी उद्योग, जनता समाजवादीका नवलकिशोर साह महिला, कांग्रेसका तेजुलाल चौधरी युवा, कांग्रेसका अजय चौरसिया कानुन, एमालेकी विद्या भट्टराईले शिक्षा मन्त्रीमा शपथ लिँदैछन् ।

    यस्तै एमालेका मानवीर राई रक्षा, कांग्रेसका दीपक खड्का ऊर्जा, एमालेका राजकुमार गुप्ता संघीय मामिला, कांग्रेसका ऐनबहादुर शाही वन तथा वातारवरण मन्त्री बन्दैछन् ।

    कांग्रेसका तर्फबाट प्रदीप पौडेल स्वास्थ्य, रामनाथ अधिकारी कृषि र बद्री पाण्डे पर्यटन मन्त्री बन्ने भएका छन् ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend