Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नवनियुक्त परराष्ट्रमन्त्री डा.आरजुको जीवनी कस्तो छ ?


२, साउन २०८१
  • 167
    SHARES
  • नवनियुक्त परराष्ट्रमन्त्री डा.आरजुको जीवनी कस्तो छ ?

    काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा नेपाली काँग्रेसकी नेत्री हुन् । उनी नेपाली काँग्रेसको काठमाडौँमा सम्पन्न १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

    डा.राणा काँग्रेस पार्टीका तर्फबाट हाल प्रतिनिधि सभाको सदस्य हुन् । संविधानसभा सदस्यसमेत रहेकी नेत्री डा. राणाले प्रतिनिधि सभामा तेस्रो पटक प्रतिनिधित्व गर्दैै छिन् ।

    हाल उनी सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति हुन् । पहिलोपटक मन्त्री बनेकी डा.राणा महिला अधिकार र स्वास्थ्यका क्षेत्रमा काम गर्ने एक सक्रिय अधिकारवादी हुन्छ ।

    विशेषगरी महिलाको प्रजनन स्वास्थ्य अधिकार, समान नागरिकताको अधिकार, सम्पत्तिको अधिकार, राज्यका हरेक निकाय तथा राजनीतिमा महिलाको समान एवं समतामूलक प्रतिनिधित्व तथा महिला हिंसाविरुद्धको अभियानलगायत मुद्दामा उनले वकालत गर्दै आएकी छिन् । दक्षिण तथा पूर्वी एसियाका लागि आइयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा दुई कार्यकाल काम गरेको अनुभव डा राणासँग छ ।

    म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) को पहिलो महिला अध्यक्षका रुपमा निर्वाचित डा.राणा गरिबी निवारण कोषको बोर्ड सदस्यसमेत थिइन् । उनले सुरक्षित मातृत्वसम्बन्धी ‘एलाइन्स’ ह्वाइट रिबन एलाइन्सको अध्यक्ष तथा बोर्ड सदस्यका रुपमा सन् २०१० देखि २०१४ सम्म दुई कार्यकाल पूरा गरेकी छिन् ।

    पिता विनोद शमशेर जवरा र माता प्रतिभा राणाको कोखबाट विसं २०१८ माघ १३ गते काठमाडौँमा जन्मिएकी डा.राणाले भारतको चन्डीगढस्थित पञ्जाव विश्वविद्यालयबाट सन् १९९० मा संस्थागत मनोविज्ञान विषयमा विद्यावारिधि हासिल गरेकी छिन् । उनले स्नातकोत्तरको अध्ययन पनि सोही विश्वविद्यालयबाट सन् १९८४ मा मनोविज्ञान विषयमा नै सम्पन्न गरेकी हुन् ।

    उनले सन् १९९६ मा सेफ मदरहुड नेटवर्क (सुरक्षित मातृत्व) संस्थाको स्थापना गरी महिलाको प्रजनन तथा समग्र स्वास्थ्य तथा यसका माध्यमबाट महिला अधिकारका विषयमा काम गर्दै आएकी छिन् ।

    देशव्यापी कार्यसंयन्त्र रहेको सो संस्थासँग नेपालको ७२ जिल्लाका कम्तीमा पनि सात सय ५० गैरसरकारी संस्था आबद्ध छन् । हाल ५२ जिल्लामा शाखा रहेका सो संस्थामा देशभर करिब ५० हजार नागरिक सदस्य छन् ।

    त्यसैगरी, उनी संस्थापक रही सन् १९९२ मा स्थापना गरेको ‘साथी’ नामको अर्को गैरसरकारी संस्थामा आबद्ध भई महिला हिंसा विरोधी अभियानमा सक्रिय छिन् ।

    महिलामाथि हुने विभेद तथा विविध प्रकारका हिंसाका विरुद्धमा काम गरी उनीहरुलाई आफ्ना हक अधिकारप्रति जागरुक गराई महिलालाई सशक्तीकरण गर्ने साथी संस्थाको उद्देश्य रहेको छ ।

    यो संस्थाले नेपालको दूरदराजसहित सुगम क्षेत्रका महिलाविरुद्ध हुने हिंसाको अध्ययन गरी निराकरणका लागि राज्यसम्बद्ध निकायसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    यस कार्यमा उनी आफैँ सक्रिय रही देशका विभिन्न जिल्ला तथा क्षेत्रमा पुगेर महिलाविरुद्धको हिंसा र महिलाको प्रजनन अधिकारबारे अध्ययन गरी महिला अधिकार र महिला सशक्तीकरणका क्षेत्रमा समर्पित भएकी छिन् ।

    उनी गुणस्तरीय शिक्षाका पक्षमा वकालत गर्ने सक्रिय राजनीतिकर्मी हुन् । विभिन्न कलेजको संस्थापक तथा अध्यक्ष रही नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्ने काममा पनि उनको सक्रिय सहभागिता छ । उनका कैयौँ अनुसन्धानमूलक प्राज्ञिक लेख र पुस्तक प्रकाशित छन् ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend