काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शशांक कोइरालाले महिला देशको प्रधानमन्त्री भएको हेर्न चाहेको बताएका छन् ।
पार्टी निकट महिला संघको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महिलाहरूलाई नेतृत्व गर्न अगाडि बढ्न आग्रह गरे ।
उनले भने, ‘म महिला प्रधानमन्त्री भएको हेर्न चाहन्छु, आउँदो दिनहरूमा महिला प्रधानमन्त्री पनि बन्ने देखेको छु ।
महिला प्रधानमन्त्री हुँदा महिलाको मात्रै होइन पुरुषहरूको पनि नेतृत्व गर्ने क्षमता हुन्छ ।’ उनले महिलाको सबै ठाउँमा ५० प्रतिशत सहभागिता गराउनुपर्नेमा जोड दिए ।