Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री अ‍ोलीलाई कुन-कुन दलले विश्वासको मत दिँदैछन ?


३, साउन २०८१
  • 196
    SHARES
  • प्रधानमन्त्री अ‍ोलीलाई कुन-कुन दलले विश्वासको मत दिँदैछन ?

    काठमाडौं । मुलुकको ४५औं प्रधानमन्त्रीको रुपमा चौथो पटक नियुक्त भएका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार संसद्बाट विश्वासको मत लिँदैछन् ।

    बुधबार बसेको सत्ता साझेदार दलहरुका प्रमुख सचेतकसँगको छलफलपछि ओलीले विश्वासको मत लिने मिति टुंगिएको हो ।

    उनले हिजो नै विश्वासको मत लिने कार्यसूची दर्ता गराउनका लागि संसद सचिवालयमा पत्र दर्ता गराईसकेका छन् । ओलीले आइतबार नै संसद्बाट देशवासीलाई सम्बोधन गर्ने कार्यसूची पनि रहेको छ ।

    संसद्मा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेका हुन् । ओलीले सोमबार शपथ लिएकै दिन २२ सदस्यीय मन्त्रिपरिषद्समेत गठन गरिसकेका छन् ।

    उनको मन्त्रिपरिषद्मा एमाले र कांग्रेसका अतिरिक्त लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीसमेत सामेल छन ।

    २७५ सदस्यीय प्रतिनिधि सभामा झण्डै २ तिहाई सांसद्को समर्थनमा प्रधानमन्त्री नियुक्त भएका ओलीलाई दुई तिहाई भन्दा धेरै सांसद्ले विश्वासको मत दिने देखिन्छ ।

    संसद्मा ८८ सीटसहित पहिलो र ७९ सीटसहित दोस्रो दल रहेका कांग्रेस र एमालेबाहेक १४ सीट रहेको राप्रपा, ७ सीट रहेका जसपा, ६ सीट रहेको जनमत, ५ सीट रहेको जसपा नेपाल, ४ सीट रहेको लोसपा, ४ सीटनै रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने र विश्वासको मत दिने आंकलन गरिएको छ ।

    त्यस्तै स्वतन्त्रबाट निर्वाचित योगेन्द्र मण्डल र डा.अमरेशकुमार सिंहले पनि ओलीलाई विश्वासको मत दिँदैछन् । मण्डल एमालेबाट टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेका एमालेकै नेता हुन् ।

    सरकारमा लोसपा र जसपामात्र सामेल भएपनि जसपा नेपाल र नाउपाले ओलीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् भने राप्रपा छलफलमै रहेको छ ।

    दुई ठूला दल मिलेर सरकार बनाउनु राम्रो कुरा भन्दै सबैभन्दा सुरुमा स्वागत गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रधानमन्त्री ओलीबीच अत्यन्तै सुमधुर सम्बन्ध रहेको हुँदा राप्रपाले पनि विश्वासको मत दिने विश्वास एमालेलाई रहेको छ ।

    यता निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीसहित ३ दलले भने ओलीलाई विश्वासको मत नदिने निश्चित भएको छ । माओवादीसहित रास्वपा र नेकपा एसले ओलीलाई विश्वासको मत दिँदैनन् । माओवादीको ३२, रास्वपाको २१ र नेकपा एसका १० सांसद छन् ।

    त्यस्तै एक जना सांसद रहेका आम जनता पार्टी र राष्ट्रिय जनमोर्चाले पनि ओलीको विपक्षमा मतदान गर्दा एक सांसद नै रहेको नेपाल मजदुर किसान पार्टीले तटस्थ रहने नीति लिने बुझिएको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend