Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रतिनिधि सभाको १५ दिने तालिका: ६ दिन संसद्, तीन दिन समितिको बैठक


३, साउन २०८१
  • 126
    SHARES
  • प्रतिनिधि सभाको १५ दिने तालिका: ६ दिन संसद्, तीन दिन समितिको बैठक

    काठमाडौं । प्रतिनिधि सभाको साउन १५ गतेसम्मको कार्यतालिका स्वीकृत भएको छ ।

    सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेर १५ दिने कार्यतालिका टुंग्याएका हुन् ।

    आज सिंहदरबारमा बसेको बैठकले आगामी साउन १५ गतेसम्मको प्रतिनिधिसभाको तालिका निर्धारण गरेको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । आगामी साउन ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएर अघि बढ्ने उनले बताए ।

    “आजदेखि १५ गतेसम्मका बैठक कुन–कुन दिन गर्ने ? समितिमा रहेका विधेयकहरूलाई काम गर्न समय कसरी मिलाउने भन्नेमा छलफल भयो,” छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने ।

    साउन ६, ७ र ८ गते संसद्को बैठक बस्नेछ । त्यसपछि ९, १० र ११ गते समितिहरूको बैठक बस्ने गरी समय निर्धारण गरिएको उनले बताए । त्यस्तै, १३, १४ र १५ गते पनि संसद्को बैठक बस्ने गरी कार्यतालिका बनाइएको छ ।

    भोलि १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर निर्णय अनुमोदन गरिने उनले जानकारी दिए । समितिमा भएका विधेयकमा छलफल चलाएर छिट्टै संसद्‌मा ल्याउने वातावरण बनाउने विषयमा पनि छलफल भएको छ ।

    त्यस्तै, समितिका सभापतिहरू मन्त्री बनेकाले खाली भएको समितिमा दलका प्रतिनिधिलाई छिट्टै पठाउन सभामुखले आग्रह गरेका छन् । संयुक्त समितिलाई अविलम्ब टुंग्याउन पनि आग्रह गरेको मूख्य सचेतक बर्तौलाले जानकारी दिए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend