काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित भएका छन् ।
नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई प्रमुख सचेतकमा मनोनित गरेका हुन् ।
यसअघिका प्रमुख सचेतक रमेश लेखक एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा गएपछि देउवाले घिमिरेलाई सो जिम्मेवारी सुम्पेका हुन् ।
उनी सिन्धुली क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।