Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जनताको माग र समयको आवश्यकता अनुसार संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह


७, साउन २०८१
  • 190
    SHARES
  • जनताको माग र समयको आवश्यकता अनुसार संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह

    काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको माग र समयको आवश्यकता अनुसार संविधान संशोधन हुने बताएका छन् ।

    सोमबार काठमाडौँमा आयोजित ‘वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमोचन कार्यक्रममा उनले तीन तहको सरकारले अधिकार सम्पन्न भएर काम गरेको भए संशोधनको अवस्था नआउने भन्दै समयको माग अनुसार संशोधन गर्न सकिने बताए ।

    उनले भने, ‘यो संविधानको विशेषता के हो भन्दा एउटा प्रक्रिया पूरा गरेर संविधानमा उल्लेख भएका दफाहरू त्यसलाई परिवर्तन गर्नको लागि विधि प्रक्रिया पूरा गरेर जनताको माग अनुसार संशोधन गर्न सकिने प्रावधान भएको कारणले गर्दा समयको आवश्यकता अनुसार संविधान संशोधन हुन सक्छ ।’

    यस्तै उनले परिस्थिति सुधार र जनतालाई राहत दिने उद्देश्यले कांग्रेस र एमाले मिलेर सरकार गठन गरेको भन्दै अब अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरू सञ्चालन गर्ने हिसाबले अगाडि बढ्ने बताए ।

    उनले भने, ‘अहिले काङ्ग्रेस र एमाले मिलेर जुन सरकार बनेको छ । यो सरकार जनताको चाहाना अनुसार काम गर्न र जनताको इच्छा पूरा गर्नको लागि बनेको हो ।

    दुईवटा ठुला पार्टी मिलेर साना दलहरूलाई पनि साथमा लिएर सुधार गर्न र जनतालाई राहत दिनको लागि वर्तमान सरकार बनेको छ । नेपालको अर्थतन्त्र र उद्योगधन्दाहरूलाई चलायमान बनाउनको लागि हामीले काम गर्नुपर्छ । ‘उनले भने । 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend