Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस–एमाले गठबन्धन सरकारले दलित समुदायलाई सत्ताको चुल्होबाट बाहिर राख्न खोजेको सीडब्ल्युएनको आरोप


७, साउन २०८१
  • 129
    SHARES
  • कांग्रेस–एमाले गठबन्धन सरकारले दलित समुदायलाई सत्ताको चुल्होबाट बाहिर राख्न खोजेको सीडब्ल्युएनको आरोप

    काठमाडौं । काष्ट वाच नेटवर्क (सीडब्ल्यूएन) ले कांग्रेस–एमाले गठबन्धन सरकारले दलित समुदायलाई निषेध गरेको भन्दै आपत्ति जनाएको छ ।

    आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सीडब्ल्युएनले कांग्रेस–एमालेले दलितलाई सकेसम्म सत्ताको चुल्होबाट बाहिर राख्न खोजेको भन्दै आपत्ति जनाएको हो ।

    ‘भर्खरै स्थापना भएको केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक छुवाछुतलाई निरन्तरता दिँदै दलितलाई प्रवेश निषेध गर्यो । ठूला दलहरूको यस्तो चरम जातिवादी हर्कतबाट समग्र दलित समुदायले अपमानित र तिरस्कृत महशुस गरेको छ;,’– सीडब्ल्युएनद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

    सीडब्ल्युएनका अध्यक्ष डा. मित्र परियारले दलित समुदायलाई आफ्नो आक्रोश र आवेग राज्यसत्ताको विरुद्धमा पोख्न आग्रह गरे । उनले कांग्रेस–एमाले गठबन्धन सरकारले मन्त्रिपरिषद्को चुल्होमा दलितलाई विभेद गरेको टिप्पणी गरे ।

    ‘हाम्रो सम्पूर्ण आक्रोश, आवेग त्यो आगो हो । राज्यसत्ताको विरुद्धमा पोखिनुपर्छ । राज्यसत्ताले एक जना दलितलाई पनि मन्त्रिपरिषद्को चुल्होमा नछिराउनुको अर्थ के हो ? पहिला प्रचण्ड सरकार पनि छिराएन,’– डा.परियारले भने ।

    सीडब्ल्युएनले कांग्रेस–एमाले गठबन्धन सरकारलाई यथाशीघ्र भूल सच्याउदै सक्षम दलितहरूलाई मन्त्रिपरिषदमा समेट्न र उपयुक्त जिम्मेवारी दिन माग गरेको छ । कांग्रेस–एमालेबीच दुई तिहाइ मतको बलमा संविधान संशोधन गरी राजनीतिक स्थायित्व कायम गर्ने सम्झौता भएको विषयले अन्य उत्पीडित र सीमाकृत समुदायहरूलाई सशंकित गराएको सीडब्युएनको भनाइ छ ।

    सीडब्युएनले राजाको शासनविरुद्ध दलित मुक्तिको आवाज उठाएर नथाक्ने नेता र पार्टीहरूले आफैं शासक बनेपछि जातीय विभेद र छुवाछुतको मुद्दा बिर्सेको आरोप लगाएको छ । समाजमा जातीय हिंसा, अपमान र घृणाका घटनाहरू बढिरहेको र समस्या समाधान गर्ने राजनीतिक इच्छाशक्ति लगभग शून्य रहेको सीडब्युएनको ठहर छ ।

    कुनै पनि बहानामा जातका आधारमा प्राप्त कोटा प्राणाली खारेज गर्ने, समानुपातिक समावेसी नीति अन्तरगतका सेवा सुविधाहरू कटौती गर्ने जस्ता दलित विरोधी काम नगर्न सीडब्युएनले सरकारलाई चेतावनी दिएको छ ।

    दलित समुदायको हकहितका लागि नेपालको संविधान र छुवाछुत तथा जातीय विभेदविरुद्धको कानुन अपूरो रहेको भन्दै सीडब्युएनले संविधानको उचित संशोधन र नयाँ कानून तथा नीति निर्माणका लागि सरकार समक्ष आग्रह गरेको छ । संविधान सुधार र नयाँ कानुनको माध्यमबाट छुवाछुत मेट्ने पहल कदमी थाल्नसमेत जोडदार माग गरिएको छ ।

    सीडब्ल्यूएनका काठमाडौं उपत्यका संयोजकजनक परियारले कांग्रेस–एमालेसहितको सरकारले देशभरका ६० लाख दलित समुदायको अपमान गरेको बताए । सो कार्यक्रममा पहिचानवादी मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लिम्बु, पूर्व राजदूत डा.निर्मल विश्वकर्मा, वरिष्ठ ईन्जिनियर डा.चेत परियार, पूर्वमन्त्री गोपाल किराती, संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीलगायतको उपस्थिति रहेको थियो । 

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend