Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विपद् व्यवस्थापनको गुरुयोजना बनाउन माग गर्दै सांसद कार्कीद्धारा जरुरी महत्वको प्रस्ताव पेश


७, साउन २०८१
  • 141
    SHARES
  • विपद् व्यवस्थापनको गुरुयोजना बनाउन माग गर्दै सांसद कार्कीद्धारा जरुरी महत्वको प्रस्ताव पेश

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद डा.तोसिमा कार्कीले विपद् व्यवस्थापनको बृहत् गुरुयोजना बनाउन र स्वास्थ्य जोखिमको पूर्वतयारीको माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेकी छन् ।

    विपद् रोकथाम, विपद् जोखिम न्यूनीकरणका साथै विपद्पछिको पुनर्स्थापना तथा व्यवस्थापनसँग सम्बन्धित बृहत् गुरुयोजना बनाउनका साथै मनसुनजन्य महामारी र स्वास्थ्य जोखिमको पूर्वतयारी गर्न उनले माग गरेकी छन् ।

    त्यस्तै विपद् व्यवस्थापनमा तालिमयुक्त दक्ष जनशक्ति, र्‍यापिड रेस्क्यु टिम तयार गर्ने, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोत साधन र औषधिको भण्डारण गर्ने, क्षतिको जोखिम पूर्वानुमान गरी नागरिकलाई सुसूचित गर्न आवश्यक रहेकाले यो प्रस्ताव पेश गरेको सांसद कार्कीले बताएकी छन् ।

    उनको प्रस्तावको समर्थकमा रास्वपा सांसदहरु सन्तोष परियार, गणेश पराजुली र असिम शाह रहेका छन् ।

    450013073_1551893175737059_6030979226952751803_n.webp

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend