Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अनुमोदन नहुने निश्चित भएपछि प्रधानले लिए नाम फिर्ता  


१४, साउन २०८१
  • 140
    SHARES
  • अनुमोदन नहुने निश्चित भएपछि प्रधानले लिए नाम फिर्ता  

    काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् ।

    प्रस्तावित आयुक्त प्रधानबारे संसदीय सुनुवाइ सकेर अनुमोदन गर्ने नगर्ने भन्नेबारे निर्णय लिन साँझ ५ बजे संदीय सुनुवाइ विशेष समितिको बैठक डाकिएको थियो ।

    त्यसअघि नै प्रधानले समितिमा निवेदन दिएर आफ्नो नाम फिर्ता लिएका हुन् । उनले नाम फिर्ता लिन निवेदन दिएसँगै उनको अनुमोदनबारे निर्णय लिन डाकिएको बैठक नबस्ने भएको छ ।

    गएको असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । उनको संसदीय समितिले सुनुवाइ गरिसकेको छ ।

    प्रधानबारे गम्भीर उजुरी समितिमा परेको थियो । उच्च नैतीक चरित्रको नभएको भन्दै उनको नाम अनुमोदन नगर्न समितिसमक्ष दवावसमेत परेको थियो ।

    बिहान ११ बजेका लागि डाकिएको बैठकमा समितिसमक्ष परेको दबाबकै कारण साँझलाई सारिएको थियो । बैठक सारेर सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरु आन्तरिक छलफलमा जुटेका थिए । समितिमा १५ सदस्यमध्ये यी दुई दलका मात्र १० जना सदस्य छन् ।

    प्रधानबारे यौन शोषणको गम्भीर आरोप लागेको थियो । आफ्नै अफिसमा काम गर्ने पूर्व सहकर्मीलाई लामो समयदेखि यौन शोषण गरेको भन्दै पीडित महिलाले समितिमा उजुरी गरेकी थिईन् । प्रधानले भने सो विषय अदालतबाट टुंगिसकेको जिकिर गरेका थिए ।

    सुनुवाई समितिको सभापतित्व राप्रपाका सांसद पशुपति शमशेर जबराले जेष्ठ सदस्यको हैसियतमा गर्दै आएका छन् । सुनुवाइ समितमा कांग्रेसबाट श्यामकुमार घिमिरे, आनन्दप्रसाद ढुँगाना, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।

    एमालेबाट महेश कुमार बर्तौला, सुनिता बराल, ईश्वरी घर्ती र लिलानाथ श्रेष्ठ छन् । माओवादी केन्द्रबाट जगप्रसाद शर्मा र जनार्दन शर्मा सदस्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल छन् । जनता समाजवादी पार्टी, नेपालबाट प्रकाश अधिकारी छन् ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend