Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

डेढ वर्षपछि पायो समितिले पूर्णता


१६, साउन २०८१
  • 107
    SHARES
  • डेढ वर्षपछि पायो समितिले पूर्णता

    काठमाडौँ । प्रतिनिधि सभाको कार्यकाल डेढ वर्ष पूरा भएपछि सङ्घीय संसद्को एक संयुक्त समितिले पूर्णता पाएको छ ।

    राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले मङ्गलबार औपचारिक रूपमा पूर्णता पाएको हो । 

    संयुक्त समितिमा माथिल्लो सदनले यसअघि नै सदस्य तोके पनि प्रतिनिधि सभाले सदस्य मनोनयन गरेको थिएन । सदस्य नतोकिँदा समिति गठनसमेत हुन सकेको थिएन । १५ सदस्यीय संयुक्त समितिमा प्रतिनिधि सभाबाट १२ र राष्ट्रिय सभाबाट तीन सदस्य रहने व्यवस्था छ ।

    सङ्घीय संसद् र प्रतिनिधि सभाका अन्य समिति २०८० वैशाखमै गठन भएका थिए । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली–२०८० को नियम २८ (२) बमोजिम मङ्गलबार प्रतिनिधि सभाले समिति सदस्यको नाम तोकेको हो ।

    समितिमा प्रतिनिधि सभाबाट ठाकुरप्रसाद गैरे, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद तिमिल्सिना, प्रतिमा गौतम, प्रभु हजारा, बुद्धिमान तामाङ, शान्ति विक, सन्तोष परियार, सरस्वती सुब्बा, हितराज पाण्डे र हेमराज राई रहेका छन् ।

    राष्ट्रिय सभाले समितिका तीन सदस्य यसअघि नै तोकेको थियो । सभाले तुलासाकुमारी दाहाल, मदनकुमारी शाह र मोहम्मद खालिदलाई २०८० चैत २१ गते सदस्य तोकेको थियो । प्रतिनिधि सभाले सदस्य नतोक्दा समितिले पूर्णता पाएको थिएन । 

     

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend