Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कुलमानलाई हटाउने प्रधानमन्त्री ओलीको तयारी, देउवासँग लिए सहमति


१७, साउन २०८१
  • 123
    SHARES
  • कुलमानलाई हटाउने प्रधानमन्त्री ओलीको तयारी, देउवासँग लिए सहमति

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई जिम्मेवारीबाट हटाउनेगरि तयारी थालेका छन् ।

    पछिल्लो समय आफूले दिएको निर्देशनको एकपछि अर्को गरेर अवज्ञा गरेको भन्दै प्रधानमन्त्री ओली कुलमानसँग् फायर छन् ।

    उनले विभागीय मन्त्री उर्जामन्त्री दीपक खड्कालाई बोलाएर कुलमानको जिम्मेवारी खोस्नेगरि तयारी थाल्न निर्देशन दिएको उच्च स्रोतको दाबी छ ।

    उद्योगी तथा व्यवसायीहरुले ठूलो मात्रामा विद्युतको बक्यौता तिर्न बाँकी रहेकोले कुलमानले बक्यौता तिर्न बाँकी रहेका उद्योगमा लाईन जोड्न मानेका थिएनन् ।

    तर, बोर्डको बैठक बसेर सहमति गरेपछि भने प्राधिकरणले उद्योगमा लाईन जोडिदिएको छ । कुलमानसँग प्रधानमन्त्री ओलीको सुरुवातदेखि नै राम्रो सम्बन्ध छैन् ।

    कुलमानले प्रधानमन्त्रीले दिएको निर्देशन नमानेको र मौखिक निर्देशन दिँदा लिखित निर्देशनको माग गरेपछि प्रधानमन्त्री ओली रिसले चुर भएका छन् ।

    कांग्रेस र एमालेको शक्तिशाली सरकार हुँदापनि कुलमानले नटेरेको भनेर अहिले बालुवाटारमा छलफल हुने गरेको छ ।

    यस्तैमा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँगको सल्लाहपछि कुलमानलाई हटाउनेगरि तयारी थालेका छन् ।

    विश्वस्त स्रोतले आज भोलिभित्रै कुलमानको जिम्मेवारी खोसिने दाबी गरेको छ ।

     

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend