Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महेश बर्तौलासहित १७ जना एमाले केन्द्रीय सदस्यमा मनोनीत


१७, साउन २०८१
  • 121
    SHARES
  • महेश बर्तौलासहित १७ जना एमाले केन्द्रीय सदस्यमा मनोनीत

    काठमाडौं । नेकपा एमालेले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

    एमालेको आज काठमाडौंको बसेरा होटलमा बसेको सचिवालय बैठकले मुख्य सचेतकसमेत रहेका सांसद महेश बर्तौलासहित १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

    उनका अनुसार बर्तौलासहित सुवास कर्मचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव, रामप्रित राम, कृष्णभक्त पोखरेल, कमलकृष्ण तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनमोहन पौडेल, भरदेव जोशी, हरि उप्रेती, ईन्द्र भण्डारी, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे, आशा जवेगुलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय भएको छ।

    केन्द्रीय सदस्यमा मनोनीत हुने देव र चालिसे नेपाली कांग्रेस छाडेर एमाले प्रवेश गरेका नेता हुन् । चालिसे बाग्लुङबाट गत सालको प्रतिनिधि सभा निर्वाचन अघि एमालेमा प्रवेश गरेकी थिईन् भने देव गत महिना एमाले प्रवेश गरेका हुन् । त्यस्तै कर्मचार्य नेकपा एकीकृत समाजवादीबाट पुर्न एमालेमा फर्किएका नेता हुन् । उप्रेती निवर्तमान रक्षामन्त्री हुन् ।

    त्यस्तै बैठकले सातै प्रदेशमा इन्चार्ज पनि तोकेको छ । पोखरेलका अनुसार कोशी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, वाग्मतीमा राजन भट्टराईलाई जिम्मा दिइएको छ ।

    गण्डकीमा किरण गुरुङ त्यस्तै, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।

     

     

     

     

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend