Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बयान फेरेको आरोपमा दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१८, साउन २०८१
  • 166
    SHARES
  • बयान फेरेको आरोपमा दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा गएर बयान फेरेको आरोपमा दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले शुक्रबार पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलमाथि विशेष अदालतमा मुद्दा दायर गरेको हो । रंगेहात घुसको मुद्दामा अदालतमा साक्षीको रूपमा पेस गरिएका उनीहरूले बयान फेरेपछि उनीहरूमाथि पनि अख्तियारले मुद्दा चलाएको हो ।

    अख्तियारले २० वैशाख, २०८१ मा पोखरा महानगरपालिकाका दुई इञ्जिनियर सहित ३ जनामाथि घुस लेनदेन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    अख्तियारले महानगरको नक्सा शाखामा कार्यरत सब–इञ्जिनियर उषा किरण रोकाया, इञ्जिनियर शिवप्रसाद बराल र गोदार कन्सल्टेन्सीका सुरज कुँवर विरुद्ध मुद्दा दायर गरेको थियो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले रोकाया र कुँवरलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा चैत २८ गते पक्राउ गरेको थियो भने अनुसन्धानका आधारमा संलग्नता देखिएपछि इन्जिनियर बराल वैशाख ४ गते पक्राउ परेका थिए ।

    त्यही घटनामा संलग्न भएपछि अख्तियारले केशव प्रसाद तिवारी र उर्मिला पौडेललाई मुद्दा नचलाई सरकारी साक्षीको रूपमा अदालतमा पेस गरेको थियो ।

    तर विशेष अदालतमा उपस्थित भएका उनीहरूले उल्टो बकपत्र गरेको भनी उनीहरूमाथि समेत मुद्दा चलाएको हो ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend