Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीले पूर्णता पायो


१९, साउन २०८१
  • 143
    SHARES
  • नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीले पूर्णता पायो

    काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।

    पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा हिजो बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको तीन सदस्यीय कार्यदलले सिफारिस गरेका नामलाई अनुमोदन गरेसँगै केन्द्रीय कमिटीले पूर्णता पाएको हो ।

    अब नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी तीन सय ४४ सदस्यीय बनेको छ । यसअघि असार १६ देखि २० सम्म काठमाण्डौमा भएको दशौँ महाधिवशेनले ९३ जनाको नाम घोषणा गरेको थियो ।

    हिजो थपिएका दुई सय ५१ सहित ३ सय ४४ केन्द्रीय कमिटी सदस्यको नाम घोषणा भएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

    महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई अनुमोदन गरे पनि अन्य पदाधिकारी चयन गरेको छैन ।

    आउँदो बैठकबाट पदाधिकारी, विभाग र आयोग तथा नेताहरूको जिम्मेवारीसमेत  तोकिने पाण्डेयले बताउनुभयो । 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend