Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

काँग्रेसमा ७० पुर्‍याइयो विभागको संख्या


२२, साउन २०८१
  • 123
    SHARES
  • काँग्रेसमा ७० पुर्‍याइयो विभागको संख्या

    काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो केन्द्रीय विभागको संख्या थपेर ७० पुर्‍याउने भएको छ ।

    पार्टीको विधानमा ४८ वटा विभाग रहने व्यवस्था भए पनि विषयगत विभागहरू थप गर्दा ७० पुग्ने महामन्त्री विश्वप्रकाश शर्माले बताए ।

    कतिपय पुराना विभाग विभाजन गरिएको र कतिपय नयाँ थप गरिएको उनले बताए । सभापति शेरबहादुर देउवाले १२ जेठ २०८० मा प्रचार विभागमा मीन विश्वकर्मालाई तोकेदेखि सोमबारसम्म पाँच पटक गरी ५५ जना केन्द्रीय सदस्यलाई विभिन्न विभागको प्रमुख तोकेका छन् । अरु विभागका प्रमुख तोकिन बाँकी छन् ।

    विधानतः बनेका विभागका लागि काम, कर्तव्य र अधिकार किटान गरिएको छ । नयाँ थपिएका विभागका हकमा भने उनीहरूको भूमिका स्पष्ट भएको छैन । महामन्त्री शर्माले केन्द्रीय कार्यालयले उनीहरूले गर्ने काम तोक्ने बताए ।

    प्रत्येक विभागमा प्रमुखसहित ५१ जनासम्म सदस्य हुने व्यवस्था छ । महाधिवेशन सकिएको छ महिनाभित्र विभाग गठन गर्नुपर्ने व्यवस्था पार्टी विधानमा भए पनि साढे दुई वर्षसम्म गठन हुन सकेको थिएन ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend