Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

टीआरसी विधेयकको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइँदै


२३, साउन २०८१
  • 150
    SHARES
  • टीआरसी विधेयकको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइँदै

    काठमाडौं - संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाएको तीन दलीय कार्यदलले प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने भएको छ।

    बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रतिवेदन बुझाउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    सोमबार नै प्रतिवेदन बुझाउने कार्यक्रम भए पनि प्रधानमन्त्रीको व्यस्तताले बुझाउन नसकिएको र मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल विराटनगरमा रहेका कारण प्रतिवेदन बुझाउन केही दिन ढिला भएको कार्यदलका सदस्य महेश बर्तौलाले जानकारी दिए। 

    लामो समयपछि गत बिहीबार विवादित विषयमा कार्यदलले सहमति जुटाएको थियो।  कार्यदलले द्वन्द्वकालीन समयमा नियतवस वा स्वेच्छाचारी तरिकाले भएको हत्यालाई गम्भीर मानवअधिकार उल्लंघनमा राख्ने निर्णय गरेको छ।

    यसबाहेक यौनजन्य घटनालाई समेत गम्भीर अपराधमा समेटिएको छ। बहिर्गमित लडाकु र द्वन्द्वबाट प्रभावित सुरक्षाकर्मीका परिवारलाई पनि राहत परिपुरणको व्यवस्था गर्ने सहमति गरिएको छ।

    यस्ता घटनामा संलग्नलाई कति सजाय घटी गर्ने भन्ने विवाद दलहरूबीच थियो। अहिले कार्यदलले अदालतमा कम्तीमा २५ प्रतिशत सजाय माग दाबीसहित मुद्दा अगाडि बढाउन सक्ने भनिएको छ।

    यस्तै लामो समयसम्म सहमति हुन नसकेको स्वतन्त्र सहमति नभए के गर्ने भन्ने विषयलाई समेत सहमतिमा उल्लेख गरिएको छ। पीडित र पीडकबीच मेलमिलाप हुन नसकेमा महान्याधिवक्तामार्फत र अन्यको हकमा आयोगले मेलमिलाप हुन नसकेको जानकारी दिएपछि व्यक्तिले न्यायिक उपचार खोज्न सक्ने विकल्प खुला राखिएको छ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend