Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इन्जिनियररिङ डिजाइनविना ग्रामिण सडक निर्माण गर्दा सिमलताल दुर्घटना भएको समितिको निश्कर्ष


२३, साउन २०८१
  • 137
    SHARES
  • इन्जिनियररिङ डिजाइनविना ग्रामिण सडक निर्माण गर्दा सिमलताल दुर्घटना भएको समितिको निश्कर्ष

    काठमाडौं । गत असार २८ गते नारायणगढ–मुग्लिन सडक खण्डको सिमलताल भन्ने ठाउँमा भएको बस दुर्घटनाको अध्ययन गर्न बनेको समितिले उचित इन्जिनियररिङ डिजाइनविना नै सिमलतालमाथिको पहाडी क्षेत्रमा ग्रामिण सडक निर्माण गर्दा दुर्घटना भएको निश्कर्ष निकालेको छ ।

    मंगलबार गृहमन्त्री रमेश लेखकलाई समितिले बुझाएको अध्ययन प्रतिवेदनमा सिमलताल माथिको पहाडी क्षेत्र (सिमलताल–बाँङ्गेसाल–डुम्रेगाउँ) मा हालै ग्रामिण सडक खनिएको, सो क्षेत्रमा कमजोर भूगोल र अत्याधिक क्रस स्लोप भएको र इन्जिनियरिङ डिजाइनविना खनिएको निश्कर्ष निकालेको हो ।

    सडक निर्माण गर्दा कट एण्ड फिल एप्रोचमा कार्य नगरी कटिङबाट मात्र सडक बनाइएको, सो क्रममा अत्याधिक मात्रामा निस्किएको माटो सडक छेउको पाखामा फ्याकिदिएको र अत्याधिक वर्षका कारण पहिरो गएको प्रतिवेदनमा उल्लेख छ ।

    ‘सिमलतालमाथिको पहाडी क्षेत्रमा हालसालै ग्रामीण सडक (सिमलताल–बाँङ्गेसाल–डुम्रेगाँउ) खनिएको, सो क्षेत्रमा कमजोर भूगोल तथा अत्यधिक क्रस स्लोप भएको तथा सो स्थानमा उचित इन्जिनियरिङ डिजाइन विनाको सडक खनिएको सडक निर्माण गर्दा कट एण्ड फिल एप्रोचमा कार्य नगरी कटिङबाट मात्र सडक बनाउँदा अत्यधिक मात्रामा निस्केको माटो सडक छेउको पाखामा त्यत्तिकै फ्याँकिएको तथा सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा अत्यधिक वर्षाको समयमा त्यस स्थानमा पहिरो जान गई सो पहिरो नै डेब्रिज बहावको श्रोत बन्न पुगी डेब्रिज बग्दै सिन्दुरे खोल्सा हुँदै तलतर्फ झर्दा खोल्साको तल्लो भागमा स-सानो पहिरो समेत गएको, खोल्सामा केही वर्ष पहिला बनेका चेक ड्याम तथा ग्याबिन वालले सोको प्रेसर थाम्न नसक्दा वाढीसँगै आएको ठूलो परिमाणको लेदो, गेग्रान र डेब्रिजले सडक क्रस गर्दै गरेका दुईवटा सवारी साधनलाई धकेलेर त्रिशुली नदीमा खसालेको देखिन्छ,’– प्रतिवेदनमा भनिएको छ ।

    गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेरे उक्त दुर्घटनाबारे छानविन गरिएको थियो । काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस उक्त पहिरोमा परी त्रिशुलीमा खस्दा बेपत्ता भएको थियो । दुई वटा गाडीमा ६२ जना यात्रु सवार थिए । जसमध्ये नन्दन दास, जेगेश्वर राय र सरोजकुमार गुप्ता हामफालेर बाँच्न सफल भएका थिए । दुई वटा गाडीमा सवार ५९ जना यात्रु बेपत्ता भएको समितिको निश्कर्ष छ ।

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend