Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एउटै चलचित्रमा केपी ओली र माधव नेपाल


२३, साउन २०८१
  • 274
    SHARES
  • एउटै चलचित्रमा केपी ओली र माधव नेपाल

    काठमाडौं । कथानक चलचित्रमा समेटिएका पात्रहरुको भूमिकामा कलाकारहरु हुन्छन् । सामान्यतः मुख्य भूमिकामा रहनेलाई हिरो, हिरोइन भनिन्छ । उनीहरुलाई समस्या सिर्जना गर्ने पात्र भिलेन भनेर चिनिन्छन्, अरु सहायक कलाकार हुन्छन् ।

    जस्तो– कथाले मागे कुनै कलाकार मन्त्रीको भूमिकामा देखिन्छन् । ती मन्त्री बनेर चलचित्रमा देखिने कलाकार हुन्, मन्त्री होइनन् । तर आगामी ७ भदौमा प्रदर्शन गर्ने तयारी रहेको चलचित्र ‘नमेटिने घाउ’ मा भने वास्तविक पात्रहरु नै पर्दामा देखिनेछन् ।

    एसिड आक्रमणमा परेकाहरुको वास्तविक कथामा आधारित भएकाले पीडितहरु नै पर्दामा आउने छन् । ‘आफ्नैले हानेको एसिडबाट शरीर बिग्रिएको छ, मनमा नमेटिने घाउ छ’, निर्माता एवं निर्देशक रमित ढुंगानाले भने, ‘त्यस्तो निर्मम प्रवृत्ति अन्त्य गर्न मैले यो चलचित्रलाई एउटा अभियान भनेको छु ।’

    ढुंगानाले अभियान भनेको यो चलचित्रमा पीडितहरु मात्र नभएर देशकै प्रधानमन्त्री पनि आफ्नै भूमिकामा देखिदैछन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणका घटनाविरुद्ध लिनुभएको निर्णयबारे उहाँ आफैंले चलचित्रमा भन्नु हुनेछ’, ढुंगानाले भने ।

    उनका अनुसार प्रधानमन्त्री ओलीको सुटिङ र डबिङको काम सकिएको छ । ‘प्रधानमन्त्री अनामनगर (स्टुडियोमा) आएरै डबिङ गर्नुभयो, उहाँले मेरो अभियानलाई साथ दिनुभएको छ’, निर्माता ढुंगानाले भने ।

    नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै पर्दामा देखिनेछन्, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि । अर्थात् एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादीको नेतृत्व गरिरहेका नेपाललाई पनि निर्माता ढुंगानाले ओलीसँगै एउटै चलचित्रमा ‘डेब्यू’ गराएका छन् ।

    दुवैलाई यसबारे जानकारी छ । ‘मैले उहाँहरुलाई जानकारी दिएको छु, तपाईंहरु दुवै जना हुनुहुन्छ भनेर’ ढुंगानाले भने, ‘दुवै जनाले केही फरक पर्दैन, यो राम्रो अभियान भएकाले साथ दिन्छौं भन्नुभयो ।’ प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबाट साथ पनि पाएको निर्देशक ढुंगाना बताउँछन् ।

    प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री नेपालले एसिड आक्रमणका घटनाविरुद्ध लिएको निर्णयकै कारण चलचित्रमा समेटिएको उनी बताउँछन् । ‘प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले ०७७ मा एसिड आक्रमणका घटनाविरुद्ध अध्यादेश ल्याउनुभएको थियो । अरु नेताहरुले पनि यसबारे लिएको निर्णय र उठाएको आवाजका कारण समेटेको हुँ’, उनले भने ।

    यो चलचित्रमा ओली र नेपालसँगै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही पनि देखिनेछन् । पौडेल र शाहीलाई एसिड आक्रमणका घटनाविरुद्ध आवाज उठाएकाले चलचित्रमा राखिएको निर्माण पक्षको भनाइ छ ।

    एसिड आक्रमणका घटनाविरुद्ध कानुन बनाउन दबाव सिर्जना गर्ने उद्देश्य समेत रहेको यो चलचित्रमा एसिड आक्रमणमा परेका ६ जनाको कथा छ । ‘एसिड आक्रमणमा परेका ३३ जनाकै नमिठो कथा छन्, जसलाई देखाएर अरु सामाजिक जागरण ल्याउन प्रयास गर्नेछु’, निर्देशक ढुंगानाले भने ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend