Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मन्त्रिपरिषद् बैठकको निर्णय : सरुवा बढुवादेखि खारेजीसम्म (पूर्णपाठसहित)


२४, साउन २०८१
  • 158
    SHARES
  • मन्त्रिपरिषद् बैठकको निर्णय : सरुवा बढुवादेखि खारेजीसम्म (पूर्णपाठसहित)

    काठमाडौं । गत साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरिएको छ ।

    सरकारका प्रवक्त एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्ब गुरुङले साउन २२ गतेको बैठकको १३ वटा र २३ गते बसेको बैठकको १ वटा गरी जम्मा १४ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

    बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसददीय मामिला मन्त्रालयको सचिव र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गरेको छ ।

    मन्त्रिपरिषद्ले एसियाली विकास बैंकको २० मिलयन अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायत स्वीकार गर्ने सन्दर्भमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, बेलायत सरकारबाट प्राप्त हुने ६ खर्ब ५८ करोड अनुदान सहायता सम्बन्धी समझदारी पत्र स्वीकृत भएको छ ।

    त्यस्तै, उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश श्यामजी प्रधानलाई राजश्व न्यायाधिकरण नेपालगञ्जको कानुन सदस्य एवं अध्यक्षको जिम्मेवारी दिइएको छ ।

    साथै नेपाली सेनाका एक जना सहायक रथीलाई उपरथी पदमा, चार जना महासेनानीलाई सहायक रथी पदमा, एक जना प्रमुख सेनानीलाई महासेनानी पदमा र एक जना आक्टिङ महासेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय पनि भएको छ ।

    photo 1.PNGphoto 2.PNGphoto 3.PNG

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend