Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरकारलाई निरङ्कुश बन्न नदिन कांग्रेसले खबरदारी गर्नुपर्छ : डा.सङ्ग्रौला


२५, साउन २०८१
  • 177
    SHARES
  • सरकारलाई निरङ्कुश बन्न नदिन कांग्रेसले खबरदारी गर्नुपर्छ : डा.सङ्ग्रौला

    काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले देशलाई रूपान्तरण गर्ने गरी आगामी १० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन प्रस्ताव गरेकी छिन् ।

    त्यस्तै उनले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई प्रशिक्षण दिन, आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने गरी स्पष्ट रोडम्याप र एजेन्डा तय गर्न नेतृत्वलाई सुझाव दिएकी छिन् ।

    बिहीबार सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै डा.सङ्ग्रौलाले भनिन्, ‘हामीले महासमितिको बैठकबाट आगामी चुनाव एक्लै लड्ने घोषणा त गर्यौं, तर हाम्रो एजेन्डा के हो ? भिजन के हो ? देशलाई रूपान्तरण गर्ने गरी आगामी १० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन, सरकारलाई निर्देशन दिन र देशव्यापी प्रशिक्षण आयोजना गर्न म आग्रह गर्दछु ।’

    त्यस्तै उनले सरकार निरङ्कुश बन्छ कि भन्ने त्रास बढिरहेकाले कांग्रेस स्वयमले खबरदारी गर्नेदेखि सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरूलाई प्रशिक्षण, छलफल र अन्तरक्रिया गराउनुपर्ने बताइन् ।

    भ्रातृ सङ्गठनहरूको अधिवेशन लामो समयदेखि हुन नसक्दा देशभर सङ्गठनको गतिविधि सुस्त भएको, चहलपहल घटेकाले तत्काल अधिवेशन गराएर सङ्गठनलाई चलायमान बनाउन उनले माग गरिन् । डा.सङ्ग्रौलाले नेपाली कांग्रेसको प्रमुख एजेन्डा संविधान संशोधन हुनुपर्ने पनि बताइन् । 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend