Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

टीआरसी विधेयक साउन २९ गते प्रतिनिधि सभामा पेस हुने


२५, साउन २०८१
  • 159
    SHARES
  • टीआरसी विधेयक साउन २९ गते प्रतिनिधि सभामा पेस हुने

    काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक साउन २९ गते प्रतिनिधि सभामा पेस हुने भएको छ ।

    प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले आगामी बैठकमा पेस गर्ने व्यवस्थाका लागि सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ ।

    कानुन समितिका सभापति बिमला सुवेदीले शुक्रबार सभामुख घिमिरेलाई भेटेरै यस्तो आग्रह गरेकी हुन् ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा कानुन समितिका सदस्यहरू र संसद् सचिवालयका अधिकारीसमेत उपस्थित थिए ।

    आगामी बैठकमा विधेयक पेस गर्ने व्यवस्थाका लागि समिति सभापति सुबेदीले पत्र बुझाएपछि सभामुख घिमिरेले महत्वपूर्ण काम भएको भनेर धन्यवाद दिए ।

    त्यसक्रममा सभामुख घिमिरेले भने, ‘लामो समयदेखि संसदमा विचाराधीन रहेको विषय समितिले सर्वसम्मत रुपमा टुंगो लगाएको छ । महत्वपूर्ण काम गर्नुभयो, यसका लागि यहाँहरूलाई धन्यवाद ।’

    २५ फागुन २०६९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा दर्ता गरेका थिए ।

    यो विधेयक गत बिहीबार प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट दफावार छलफलसहित सर्वसम्मत रुपमा पारित भएको थियो ।

    trc-letter.jpg

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend