काठमाण्डौ । नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले २०४६ साल यता मन्त्री पदमा बसेकाहरुको छानविन हुनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित अर्घाखाँची काठमाण्डौ संपर्क समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री शर्माले सरकारसँग विमतिका विषयहरूमा चुप लागेर बस्न नसकिने टिप्पणी गरेका छन् ।
महामन्त्री शर्माले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतीका विषय बाहिर ल्याउने गरेको पनि स्पष्ट पारे । उनले कांग्रेस र एमालेबीच विमतिका विषयमा थाँती राखेर अघि बढ्नका लागि यो गठबन्धन नबनेको भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसाल, केन्द्रिय सदस्य मानबहादुर विश्वकर्मा, पुर्ब केन्द्रिय सदस्य रेवती प्रसाद भुसाल अर्घाखाँची जिल्ला सभापती केशव श्रेष्ठ, नेतृ निर्मला क्षेत्री लगायत नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।
कार्यक्रम सम्पर्क समितिका अध्यक्ष मुक्तिराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।