Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रस्तावित १८ देशका राजदूतविरुद्ध उजुरी दिन समितिको आह्वान


२९, साउन २०८१
  • 232
    SHARES
  • प्रस्तावित १८ देशका राजदूतविरुद्ध उजुरी दिन समितिको आह्वान

    काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेको छ ।

    आज बसेको समितिको बैठकले उनीहरू विरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको हो । समितिले राजदूतमा सिफारिस भएकाहरुविरुद्ध कुनै उजुरी भएमा १० दिनभित्रमा उजुरी दिन आह्वान गरेको हो ।

    सरकारले साउन १५ गते चिनका लागि कृष्णप्रसाद ओलीसहित विभिन्न १८ वटा देशमा नयाँ राजदूतको नाम सिफारिस गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चीनमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको छ ।

    दक्षिण कोरिया शिवमाया तुम्बाहाङफे, पोर्चुगलको राजदूतमा प्रकाशमणी पौडेल, मलेसिया नेत्र तिमिल्सिना, इजरायल राजदूतमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिका राजदूतमा कपिलमान श्रेष्ठ सिफारिस भएका छन् ।

    त्यस्तै सरकारले साउदी अरबमा नरेशविक्रम ढकाल र पाकिस्तानमा रिता धितालको नाम सिफारिस गरेको छ ।

    त्यस्तै डेनमार्कका लागि नेपाली राजदूतमा सुम्निमा तुलाधार, श्रीलंकाको राजदूतमा रामकृष्ण भट्टराई र स्पेनको राजदूतमा सनिल नेपाल सिफारिस भएका छन् ।

    नेपाल यसअघि पोर्चुगलको राजदूतमा सिफारिस भएर जान नपाएका व्यक्ति हुन् । रुसका लागि नेपाली राजदूत मिलनकुमार तुलाधरलाई फिर्ता बोलाएर जंगब चौहानको नाम सिफारिस गरिएको छ ।

    त्यस्तै अस्ट्रेलियामा कान्ता रिजाल, जर्मनीमा डा.शैल रुपाखेती, अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी र बेलायत चन्द्र घिमिरेको नाम सिफारिस भएको छ ।

    सरकारले भारतका लागि भने निवर्तमान राजदूत डा.शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको थियो ।

    उनको पनि फेरि संसदीय सुनुवाई हुने संसदीय समितिले जनाएको छ । संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन् ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend