Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बीटीआइलाई इन्जिनियरिङ कलेज बनाउनेबारे छलफल


३०, साउन २०८१
  • 170
    SHARES
  • बीटीआइलाई इन्जिनियरिङ कलेज बनाउनेबारे छलफल

    बुटवल । बुटवलमा रहेको बुटवल टेक्निकल कलेज बिटिआईलाई इन्जिनियरिङ कलेजका रुपमा सञ्चालन गर्नेबारे छलफल भएको छ ।

    काठमाडौँ विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा सञ्चालन गर्नेबारे प्रारम्भिक चरणको छलफलले कानुनी र व्यवहारिक पाटोका बारेमा थप अध्ययन र छलफल गर्ने निर्णय गरेको छ ।

    मंगलबार अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व मन्त्री हरि पाण्डेय, काठमाडौँ विश्वविद्यालय उपकुलपति डा.भोला थापा, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयसहितको टोलीले छलफल गरी बाँकी विषयमा अध्ययन गर्ने निर्णय गरेको हो ।

    बिटिआईलाई काठमाडौँ  विश्वविद्यालयको इन्जिनियरिङ तर्फको आङ्गिक क्याम्पस बनाउने गरी छलफल भएको बिटिआईका अध्यक्ष एवं बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

    पाण्डेयले बुटवल उपमहानगरपालिकाले लामो समयदेखि नै बीटीआइलाई नयाँ मोडलमा सञ्चालन गर्नुपर्ने विषयमा छलफल गर्दै पहल थालेको र पहिलो पटक दुईतर्फी छलफल भएको र छलफलबाट आफू उत्साहित भएको बताए ।

    उनले अहिले नै सबै निर्णय नभएपनि यसका कानुनी र प्राविधिक पाटोका बारेमा अध्ययन गरेर बीटीआइलाई दिगो बनाउने र यसको पहिचान स्थापित रहिरहने गरी कलेजका रुपमा सञ्चालन गर्नेमा साझा बुझाइ रहेको बताए ।

    काठमाडौँ विश्वविद्यालय उपकुलपति डा.भोला थापा आङ्गिक क्याम्पसको रूपमा बिटिआईलाई दिन सकारात्मक हुनुहुन्छ, उनले भने,हामीले यसको कानुनी र प्राविधिक पाटोमा थप अध्ययन गरेर अरु काम टुंग्याउनेछौं ।

    बुटवलको औद्योगिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको बीटीआइ नयाँ ढंगले सञ्चालन गर्न नसके यसको पहिचान मेटिनसक्ने जोखिम रहेकाले यसलाई नयाँ ढंगले सञ्चालन गर्नुपर्ने उनले बताए ।

    आंगिक क्याम्पसमा रुपमा सञ्चालन हुनसकेमा बुटवलमा शिक्षा र प्रविधिको क्षेत्रमा एक अध्याय थपिने आफूले विश्वास लिएको प्रमुख पाण्डेयले बताए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend