Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्रीका नाममा नभइ नागरिकका नाममा कार्यक्रम राख्न प्रधानमन्त्रीको निर्देशन


३२, साउन २०८१
  • 132
    SHARES
  • प्रधानमन्त्रीका नाममा नभइ नागरिकका नाममा कार्यक्रम राख्न प्रधानमन्त्रीको निर्देशन

    काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री वा उच्च पदका नाममा नभई नागरिकका नाममा कार्यक्रम राख्न निर्देशन दिनुभएको छ ।

    हिजो मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै उहाँले प्रधानमन्त्री जस्ता ठूला पदको सट्टा नागरिकका नाममा कार्यक्रम बनाउन निर्देशन दिनुभएको हो ।

    उहाँले कीर्तिपुरको त्रिवि क्रिकेट मैदान स्तरोन्नतिका लागि सम्पूर्ण समय दिएर काम गर्न निर्देशन दिनुभयो । पुँजीगत खर्च बेरुजु नहुने गरी शतप्रतिशत खर्च गर्न, दसौँ राष्ट्रिय खेलकुदलाई भव्य र प्रभावकारी बनाउन आवश्यक प्रस्ताव ल्याउन पनि प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।

    देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन, बजारमा स्वस्थ खाना उपलब्ध हुने वातावरण बनाउन र  कृषि उपजको निर्यात हुने गरी आधार तय गर्न समेत प्रधानमन्त्रीको निर्देशन छ ।

    प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरूलाई तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने तथा नयाँ कीर्तिमान राख्ने किसिमका ठोस योजना ल्याउन पनि निर्देशन दिनुभएको छ ।

    देश र नागरिकका लागि गर्नुपर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र कङ्क्रिट तयारी गर्न प्रधानमन्त्रीको निर्देशन छ । बजेट कम भएको स्थितिमा सुशासन कायमसहित फटाफट काम गरेर शतप्रतिशत विकास खर्च गर्ने हो भने अर्थतन्त्र चलायमान हुने प्रधानमन्त्रीको भनाइ छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend