Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्थद्धारा १५ जना सहसचिवको जिम्मेवारी हेरफेर, भन्सार विभागको महानिर्देशकमा पुडासैनी 


२, भदौ २०८१
  • 154
    SHARES
  • अर्थद्धारा १५ जना सहसचिवको जिम्मेवारी हेरफेर, भन्सार विभागको महानिर्देशकमा पुडासैनी 

    काठमाडौं । अर्थ मन्त्रालयले १५ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

    बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयमा ८ जना नयाँ सहसचिव पठाएपछि जिम्मेवारी तोक्ने र हेरफेर गर्ने काम भएको हो ।

    सहसचिव हरिशरण पुडासैनी भन्सार विभागको महानिर्देशक बनेका छन् । रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाइएको छ ।

    ५९ जना सहसचिव सरुवा हुँदा भन्सारका महानिर्देशक ढुण्डीराज निरौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई कर्णालीको प्रदेश प्रमुखको कार्यालयमा सरुवा गरिएको थियो ।

    दीपक लामिछानेलाई वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकमा नियुक्त गरिएको छ । कविता रेग्मी र गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा पठाइएको छ ।

    रमेश अर्याल ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक बनेका छन् । पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी तोकिएको छ ।

    यसैगरी यमुना प्रधान र जनकराज शर्मा भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ । डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ ।

    उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा हेर्ने जिम्मेवारी तोकिएको छ । मदन दाहालले अर्थमन्त्रालयकै प्रशासन महाशाखा हेर्ने जिम्मेवारी पाएका छन् ।

    थानप्रसाद पंगेनीलाई अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखामा राखिएको छ । महेश भट्टराईले अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखामा जिम्मेवारी पाएका छन् । अमृत लम्साललाई अर्थ मन्त्रालय अन्तर्गत राखिएको छ ।

    यसअघि अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाललाई तोकिएको थियो ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend