Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गाईजात्रालाई लक्षित गर्दै काठमाडौँमा हास्यव्यङ्ग्य कार्यक्रम


४, भदौ २०८१
  • 252
    SHARES
  • गाईजात्रालाई लक्षित गर्दै काठमाडौँमा हास्यव्यङ्ग्य कार्यक्रम

    काठमाडौँ । हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’ लाई लक्षित गर्दै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा प्रदर्शनी शुरु भएका छन् ।

    कमलादीमा रहेको प्रज्ञा–प्रतिष्ठान र जमलमा रहेको नाचघरमा दुई समूहले दर्शकलाई मनोरञ्जन दिइरहेका छन् । पुरानासँगै नयाँ पुस्ताका कलाकारले भरिएको कार्यक्रम यही भदौ १० गतेसम्म चल्नेछ ।

    गाईजात्रा पर्वको परम्परा र संस्कृतिसँगै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिपछि विद्यमान राजनीतिक, सामाजिक, आर्थिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गरेर कलाकारले आफ्नो प्रस्तुति दिने गरेका छन् ।

    राष्ट्रिय नाच घर जमलमा सांस्कतिक संस्थानको आयोजनामा हिजोदेखि गाईजात्रा महोत्सव, २०८१ शुरु गरिएको छ ।

    महोत्सवमा हिजो सिताराम कट्टेल र कुञ्जना घिमिरे–धुर्मुस–सुन्तली, पल्पसा चम्सुरी, जोगिन्दर, लक्ष्मण गाम्नाङ्गेलगायतका कलाकारले सामाजिक र राजनीतिक विकृतिविरुद्ध प्रस्तुती दिएका छन् ।

    कार्यक्रममा भक्तपुरका नेवारी समुदायको माकः प्याखँ नृत्य पनि देखाइएको थियो । महोत्सव हरेक दिन बेलुका पाँच बजेदेखि शुरु हुनेछ ।

    यसैबीच, प्रज्ञा प्रतिष्ठानमा ‘एकासीको गाईजात्रा’ नामक हास्यव्यङग्य कार्यक्रम अस्ति आइतवारदेखि भइरहेको छ ।

    कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, शैलेन्द्र सिंखडा, चक्र दवाडी, यमन श्रेष्ठ, सुवोध गौतम, मेक्सम गौडेल, सजन श्रेष्ठ, सीता न्यौपाने, प्रभात लामा, प्रकृति गिरी र माड्सापको प्रस्तुति रहनेछ । 

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend