काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेपाली राजनीतिमा निष्ठा, नैतिकता र स्वच्छताको अभाव भएको बताएका छन् ।
कांग्रेस नेता स्व.प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा मंगलवार आयोजित ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपालका राजनीतिक दलका नेतामा निष्ठा, नैतिकता र स्वच्छ आचरण जरुरी रहेको बताएका हुन् ।
‘हामी जनता र देशका निम्ति समर्पित भएर अघि बढ्न सक्दैनौँ’ तबसम्म हामी त्यो अनुरुप रूपान्तर हुँदैनौँ भने अरूलाई पनि रूपान्तरण गर भन्ने हक राख्दैनौँ ।’
उनले प्रदूषित राजनीतिलाई परिवर्तन गर्ने जिम्मेवारी नेता र दलहरूमा आएको पनि बताए । उनले समाजवादको भिन्न–भिन्न परिभाषा हुने गरेको भन्दै आफूहरूले भनेको समाजवाद एकदलीय वा दुई दलीय व्यवस्थाबाट सम्भव नहुने बताए ।
कांग्रेस र एमालेका दुईवटा ठुला नेताले मध्यरातमा हस्ताक्षर गरेर संविधान संशोधन सम्भव नभएको भन्दै नेपालले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिचको सहमतिले समस्या समाधान नहुने र नेताहरूले मम गर्नुपर्ने पनि बताए ।
उनले संविधानले के दिएको र नदिएको भन्नेबारे छलफलको विषय बन्न सक्नेमा आफ्नो फरक मत नरहेको पनि बताए । ‘तर मध्यरातमा गएर दुईवटा नेताले कागजमा सही गरेर हुनसक्नेवाला छैन । त्यो गर्नुपर्ने हो भने खुला बहस गरौँ’ लुकेर हैन उनको भनाई छ ।
कार्यक्रममा नेपालले स्व. गिरीले नेपाली राजनीति र समाजमा पुर्याएको योगदानको चर्चा गर्दै गिरीको अभाव खड्किएको अनुभव भइरहेको बताए ।