Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राजनीतिक अस्थिरता र सामाजिक अराजकता रोक्न गठबन्धन : महासचिव पोखरेल 


५, भदौ २०८१
  • 129
    SHARES
  • राजनीतिक अस्थिरता र सामाजिक अराजकता रोक्न गठबन्धन : महासचिव पोखरेल 

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति अस्थिरता र सामाजिक अराजकता नै नेपाली राजनीतिको चुनौतीका रूपमा रहेको बताएका छन् ।

    कांग्रेस नेता स्व.प्रदीप गिरीको दोस्रो स्मृति सभालाई मंगलवार सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता चुनौतीका रूपमा रहेको बताएका हुन् ।

    उनले नेपाली समाजमा नेपाली नागरिक र राज्य जोडिन नसकेको पनि बताए । जबसम्म नागरिक र राज्य जोडिँदैन । तबसम्म लोकतन्त्र सफल हुन सक्दैन,उनले भने ।

    पुर्बमुख्यमन्त्री समेत रहेका पोखरेल कुनै पनि देश सफल हुन राज्य र नागरिकबिचको सम्बन्ध पनि राम्रो हुनपर्नेमा जोड दिए ।

    ‘नेपाली समाजमा राज्य र नागरिक जोडिन सकेकै छैन’, उनले भने, ‘जसले चर्को स्वर गर्छ उसका पछि जनताहरू झुम्मिने अवस्था छ यसले समाजलाई सही दिशा दिँदैन ।’

    उनले समावेशिताप्रति सबैको गहिरो लगाव रहेको भन्दै तत्कालीन माओवादी र राजासँग मिल्ने भन्ने बहस चलेका बेला आफूहरू दलहरूसँग मिल्नुपर्छ भन्ने डा। बाबुराम भट्टराईको पक्षमा उभिएको स्मरण गरे ।

    महासचिव पोखरेलले समानुपातिक र समावेशितालाई परिवर्तन गर्ने खोजीमा लाग्नुपर्ने मान्यता कांग्रेस र एमालेको रहेकाले माओवादीले पनि त्यसमा असहमति राख्न नसक्ने बताए ।

    महासचिव पोखरेलले विकास र समृद्धिका लागि धेरै दल नभएर बलिया राजनीतिक दल आवश्यक रहेको भन्दै सोही कारण दुई पार्टी कांग्रेस र एमालेबिच सहकार्य र सहमति गरिएको बताए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend